सल्यान- सल्यानको वागचौर नगरपालिका ४ सिमाखोली सेतीगुराँसमा घर भत्किँदा एकै परिवार पाँच जनाको मृत्यु भएको छ।
राति सुतिरहेको अवस्थामा घर भत्किएपछि मानवीय क्षती भएको हो। घटनामा एक जना घाइते भएका छन्।
खाना खाएर सुतिरहेका रामसिंह कामी, ३५ वर्षकी रामकला कामी, ७ वर्षिया गंगा कामी, ६ वर्षीया प्रमिला कामी र चार वर्षका रूपलाल कामी मुत्यु भएको जिल्ला प्रहरी सल्यानका प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहले जानकारी दिए। घटनामा ११ वर्षीया सुनिता विक गम्भीर घाइते भएकी छन्।
प्रहरीका अनुसार अविरल वर्षासँगै घरको दिवाल भत्किएर उनीहरू पुरिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४