काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले बिमस्टेकको तयारी र सचिव स्तरीय बैठकमा भएको समझारीलाई मुख्य प्राथमिकतामा पारेका छन् ।
'बिमस्टेकको भब्य तयारी, एउटा मात्रै समझदारी' शीर्षकमा नयाँ पत्रिका दैनिकले मुख्य समाचार लेखेको छ भने 'बिमस्टेम बडापत्र बनाउने सहमति' शीर्षकमा खबर छापेको छ । आजको कान्तिपुर दैनिकले 'बिमस्टेकपछि संयुक्त सैन्य अभ्यास' शीर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ ।
बिमस्टेक शिखर सम्मेलनका लागि आज मन्त्रीस्तरीय बैठक बस्दै छ । हिजो मंगलबार बसेको सचिवस्तरीय बैठकले विद्युत प्रसारण लाइनको अन्तरदेशीय मार्ग बिमस्टेक ग्रिड इन्टरकनेक्सनको समझदारी पत्र तयार पारेको छ । एउटा विषयमा मात्रै समझदारी जुटाएको बैठकले उर्जा ब्यापारको साझा मार्ग निर्माण गर्ने कागजी दस्ताबेजलाई अन्तिम रुप दिएको हो । बैठकले बिमस्टेकको बडापत्र तयार पार्ने निर्णय पनि गरेको आजका पत्रपत्रिकाले लेखेका छन् ।
यस्तै आजका पत्रपत्रिकाले बिमस्टेक सम्मेलनको बाहेक बलात्कार घटना र त्यसको अनुसन्धानको विषयलाई प्राथमिकतामा पारेका छन् । नयाँ पत्रिकाले निर्मला बलात्कार र हत्या प्रकरणमा दोषीलाई लुकाउन निर्दोष किशोरीलाई चरम यातना दिएको खुलासा गरेको छ ।
यातना पाएकी किशोरी हेमन्ती भट्टका अनुसार उनलाई प्रहरीले टाउको तल खुट्टा माथि बनाएर यातना दिइएको थियो । यस्तै नागरिक दैनिकले भने प्रदेश ५ मा डेढ महिनामा ३३ बलात्कृत भएको खबर लेखेको छ ।
पप्पु कन्स्ट्रक्सनको गम्भिर लापरबाहीका कारण बबई नदीको जब्दीघाटस्थित पक्कि पुल भासिएको छानविन समितिले निष्कर्ष निकालेको छ । यो खबर कान्तिपुरले लेखेको हो भने नागरिक दैनिकले पप्पुविरुद्ध सांसद सत्यनारायण भगतले गृहमन्त्रालयमा किटानी जाहेरी दिएको खबर छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४