शनिबार, जेठ ३०, २०८३

साउनमै ४१ अर्ब लगानीका उद्योग दर्ता

विभागमा दर्ता भएका नयाँ उद्योग सञ्चालनमा आएपछि २ हजार बढीले रोजगारी पाउने।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९
National life
Shivam cement

काठमाडौं– उद्योग विभागले चालू आर्थिक वर्ष २०७९÷८० को पहिलो महिना (साउन) मा ४१ अर्ब ५२ करोड रुपैयाँ लगानीका उद्योग दर्ता भएको विवरण सार्वजनिक गरेको छ। गत आव २०७८/७९ को सोही अवधिमा २५ अर्ब मूल्य बराबरका ३३ वटा उद्योग दर्ता भएका थिए। 

विभागको तथ्यांकअनुसार कुल उद्योगमध्ये ऊर्जामूलक ५, सूचना तथा प्रविधिमा आधारित २, उत्पादनमूलक ५, सेवामूलक र पर्यटनमूलक ६/६ गरी २७ वटा उद्योग दर्ता भएका छन्। 

यीमध्ये सफ्टवेयर डेभलपमेन्ट, कन्स्ट्रक्सन, बिस्कुट, पप, हाइड्रो तथा होटल खुल्नेछन्। यी उद्योग सञ्चालनमा आएपछि २ हजारले रोजगारी पाउने विभागको अनुमान छ।

प्रकाशित: Aug 26, 2022| 14:37 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्