पर्सा- दुर्इ छुट्टाछुट्टै घटनामा पर्सा प्रहरीले तीन जनालार्इ नियन्त्रणमा लिएको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेको करिब २४-२५ वर्षका रोशन कुमारलार्इ एकथान कटुवा पेस्तोल र सात राउण्ड गोलीसहित पक्राउ गरेको छ।
उनलार्इ जिल्लाको बिन्दवासिनी गाउँपालिका अमरपट्टी-३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी नेपालबाट भारततर्फ लग्दै गरेको अवस्थामा ६० केजी गाँजा सहित दुर्इ जनालार्इ पक्राउ गरेको छ।
उनीहरुलार्इ जिल्लाकै परवानीपुरबाट भारततर्फ जाँदै गरेको अवस्थामा विरगन्ज गण्डक चोकबाट पक्राउ गरिएको हो। भारतीय नम्बर सवार उनीहरुको नाम खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४