शुक्रबार, असोज ९, २०८३

'हुन्डाई फेस्टिभ डिलाइट २०७८' को विजेता घोषणा

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको 'हुन्डाई फेस्टिभ डिलाइट २०७८' को विजेता घोषणा गरेको छ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं- हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको 'हुन्डाई फेस्टिभ डिलाइट २०७८' को विजेता घोषणा गरेको छ।

उक्त अफर अन्तर्गत हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले तीन लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत एक जना विजेतालाई हुन्डाई आई २० जित्ने मौका थियो।

उक्त अफरअन्तर्गत लक्की ड्र अन्तर्गत कुपन नम्बर १४७०, काठमाडौंका लोकेश बज्रचार्यले हुन्डाई आई २० जितेका छन्। उक्त योजना २०७८ भदौ २४ गतेदेखि कार्तिक ३० गतेसम्म लागु गरिएको थियो।


प्रकाशित: Aug 26, 2022| 12:57 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्