शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वैदेशिक रोजगारीमा मृत्यु भएका परिवारले पाए २ अर्ब ४१ करोड बढी आर्थिक सहायता

वैदेशिक रोजगारीमा मृत्यु भएका परिवारले पाए २ अर्ब ४१ करोड बढी आर्थिक सहायता

चार आर्थिक वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका ४,१५४ जनाको परिवारलाई आर्थिक सहायता वितरण गरिएको हो।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं– वैदेशिक रोजगार बोर्डले विगत चार वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका परिवारलाई आर्थिक सहायतास्वरुप २ अर्ब ४१ करोड रुपैयाँ बढी उपलब्ध गराइएको जनाएको छ। बोर्डका अनुसार २०७५ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा मुत्यु भएकाको परिवारलाई उक्त आर्थिक सहायता वितरण गरिएको हो।

National life

चार आर्थिक वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका ४,१५४ जनाको परिवारलाई २ अर्ब ४१ करोड ९० लाख १५ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको बोर्डले बताएको छ। 

उक्त अवधिमा ४,०४१ पुरुष र ११३ नेपाली महिला कामदारको वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएको थियो। विगत चार वर्षमा विदेशमा अलपत्र परेका ५५५ नेपालीको शव उद्धार गरी ल्याइएको बोर्डको विवरणमा उल्लेख छ। उद्धार गरी ल्याइएको शवमध्ये ५३३ पुरुष र २२ जना महिलाका थिए। 

बोर्डका अनुसार शव उद्धार गरी ल्याउने क्रममा ३ करोड ९७ लाख ५० हजार खर्च भएको छ। विदेशमा मृत्यु भएका नेपालीको शव आफन्तको  घरसम्म लैजाने क्रममा ७ करोड ४२ लाख ६१ हजार रुपैयाँ खर्च भएको बोर्डको तथ्यांक छ। 

बोर्डका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा अंगभंग तथा गम्भीर बिरामी भएकालाई विगत चार वर्षमा ३१ करोड ९ लाख १० हजार रुपैयाँ क्षतिपूर्तिबापत उपलब्ध गराइएको छ। क्षतिपूर्ति पाउनेमा ९२७ पुरुष र ४९ महिला गरी ९६७ जना छन्। 

Shivam cement

वैदेशिक रोजगारीमा गएकाको उद्धार, खोजतलास तथा स्वदेश फिर्ता गराउने कार्यमा पछिल्लो चार वर्षमा २ करोड ८१ लाख ४५ हजार खर्च भएको बोर्डले जनाएको छ।यस्तै, वैदेशिक रोजगारीका क्रममा मृत्यु वा पूर्ण अशक्त भएका कामदारको ८,९०१ छोराछोरीलाई छात्रवृत्ति सहयोगबापत ७ करोड ५३ लाख ५० हजार रुपैयाँ दिइएको छ।

प्रकाशित: Aug 26, 2022| 12:57 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्