काठमाडौं- मिलिनियम डलर राउन्ड टेबल २०२२ अष्ट्रेलियाको सिड्नीमा यही अगस्ट २८ देखि ३१ तारिखमा हुन गइरहेको एमडीआरटी मिटिङ २०२२ अष्ट्रेलियाको सिडनीका लागि छनोट हुन सफल भएका रिलायन्स लाइफ इन्स्योेरेन्सका अभिकर्ताहरू नमिता न्यौपाने र बिना कुमारी न्यौपानेलाई बुधबार एक समारोहका बीच कम्पनीको केन्द्रीय कार्यालयमा स्वागत गरी बिदाई गरेको छ।
मिलिनियम डलर राउन्ड टेबलमा छनोट हुनको लागि जीवन बीमा कम्पनीका अभिकर्ताहरूले एक निश्चित स्तरको प्रिमियम, कमिसनको लेवल वा वर्षको आम्दानीको सीमा क्रस गर्नुपर्ने हुन्छ। यति मात्र होइन यस कार्यक्रमको लागि छनोट हुन विशेष नियमहरू कडाइका साथ पालना गरी व्यायसायिक उत्कृष्टता प्रदान गरेको समेत हुनुपर्दछ।
मिलिनियम डलर राउन्ड टेवल २०२२ अष्ट्रेलियाको सिड्नीका लागि नेपालबाट रिलायन्स लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गरी दुई जनाले भाग लिनेछन् भने दुई जना रिलायन्स लाइफ इन्स्योरेन्सका अभिकर्ताहरू छनोट हुन सफल भएका हुन्।