बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमामा भारतीय लागूऔषध कारोबारी सक्रिय, नेपाल मुख्य बजार

सीमामा भारतीय लागूऔषध कारोबारी सक्रिय, नेपाल मुख्य बजार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- भारतसँगको खुल्ला सिमानाको फाइदा उठाउँदै कैलालीमा सीमाकेन्द्रित लागूऔषध कारोबार मौलाएको छ। 

नेपाल लागूऔषधको राम्रो बजार भएकाले भारतीयहरूले कैलालीमा कारोबारको सञ्जाल फैलाउँदै गएको पाइएको छ। प्रहरीका अनुसार पछिल्लो समय कैलालीका युवा लागूऔषध कारोबार र सेवनमा बढी सक्रिय छन्। सीमावर्ती क्षेत्र तथा नेपालभित्रै आएर भारतीय नागरिकहरूले लागूऔषध पुर्‍याउने गरेको प्रहरीको तथ्यांकले पुष्टि गरेको छ। 

जिल्ला प्रहरी कैलालीको चार वर्षयताको तथ्यांकअनुसार लागूऔषधका एक सय ४४ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये दुई सय २५ जना यसमा संलग्न पक्राउ परेका छन्। जसमा ४६ मुद्दा लागूऔषध चरेसका छन् भने बाँकी सबै खैरो हिरोइन, ब्राउन सुगर, नाइट्रोभेट, स्पास्मोप्रक्सोभन, कोरेक्स, अपिडोल, क्यापटपका छन्। 

कैलाली कारागारको तथ्यांकअनुसार हालसम्म २९ कैदी र तीन जना थुनामा गरी ३२ जना भारतीय नागरिकले सजाय भोगिरहेका छन्। ३२ मध्ये १६ जना भारतीय नागरिक लागूऔषध मुद्दामा कारागार चलान भएका हुन्। 

प्रहरीका अनुसार उनीहरू सबै कैलालीमा लागूऔषधसहित पक्राउ परेका हुन्। कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेले भारतीय लागूऔषध कारोबारीले कैलालीलाई प्रयोग गरी काठमाडौंसम्म पुर्याउने गरेको बताए। 

भारतको तिकुनियामा रहेका एक सरदारले त्यताबाट लागूऔषध विभिन्न माध्यमबाट नेपाल पठाउने गरेको प्रमाणित भए पनि अर्को देशको भएकाले पक्राउ गर्न नसकिएको उनले जानकारी दिए। 'कैलाली लागूऔषध प्रयोगकर्ता र देशका अन्य ठाउँमा पठाउनका लागि भारतीय कारोबारीले उपयुक्त स्थलको रुपमा लिने गरेका छन्,' एसपी घिमिरेले भने, 'प्रहरी नियन्त्रणका लागि निकै सक्रिए भएर लागेको छ।' 

केही पहिले मात्र भारतको तिकुनिया हुँदै कैलालीको टीकापुरबाट किताबका पानाभित्र लागूऔषध हालेर पोको पारी बसमा काठामाडौं पठाएको सामानको प्रहरीले पिछा गर्दा काठमाडौं सामान लिन आउने दुई जनालार्इ पक्राउ गरेको थियो। प्रहरीका अनुसार लागूऔषध कारोबारमा काठमाडौंमा सक्रिय त्यही समुहले आईएमर्इ गरी कैलालीमा एउटै खातामा ४२ लाख रुपैयाँ पठाएको थियो। घिमिरे त्यो पैसा भारतबाट लागूऔषध खरिद गरेर पठाउनका लागि पठाएको बताउँछन्। प्रहरीले तिकुनियाबाट कैलाली हुँदै काठमाडौं लागूऔषध पठाउने सञ्जाल ध्वस्त पारेको दाबी एसपी घिमिरेको छ। 

लागूऔषध मुद्दामा पक्राउ परेका अधिकांश भरिया मात्र रहेको प्रहरीको अनुसन्धानले देखाएको छ। कैलालीमा नयाँ पुस्तामा लागूऔषधको लत बढ्दै गएको छ। परिवार र अभिभावकको हेलचेक्रयार्इं र निगरानी अभावमा नयाँ पुस्ता लागूऔषधको कुलतमा फस्दै जान थालेका छन्। 

लागूऔषधको कुलत माध्यमिक तह अध्ययनरत किशोरावस्थाको पुस्तामा डरलाग्दो गरी फैलिरहेको छ भने बेचविखन तथा कारोबारी पनि बढ्दै गएका छन्। प्रहरीका अनुसार सेवनकर्तामा १३-१४ वर्षदेखि २५-२६ वर्ष उमेर समूहका युवा-युवतीको बढी संलग्ता रहँदै आएको छ। 

डीएसपी हरि वलीका अनुसार यसमा पेशा बनाएर लागेका मान्छे र विद्यार्थी बढी पक्राउ पर्ने गरेका छन्।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।