बुधबार, जेठ २७, २०८३

आतंकवाद मुद्दामा इमरान खानलाई जमानत

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुरक्षात्मक जमानत स्वीकृत गरिएको छ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

इस्लामाबाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुरक्षात्मक जमानत स्वीकृत गरिएको छ।

National life

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई संघीय राजधानी इस्लामाबादका अतिरिक्त इजलास न्यायाधीश जेबा चौधरी र प्रहरी अधिकारीलाई धम्की दिएको आरोपमा दर्ता गरिएको आतङ्कवादको मुद्दामा सेप्टेम्बर १ सम्मका लागि सुरक्षात्मक जमानत स्वीकृत गरिएको हो।

इस्लामाबादको आतङ्कवाद नियन्त्रण अदालतले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख खानलाई बिहीबार अन्तरिम जमानत प्रदान गरेको हो।

उनलाई एक लाख रुपैयाँको जमानतका लागि स्वीकृत दिइएको हो। इस्लामाबादका सदर म्याजिस्ट्रेट अली जावेदको उजुरीका आधारमा इमरान खानविरुद्ध आतंकवादको मुद्दामा शनिबार अबेर राति मुद्दा दर्ता गरिएको थियो। 

तर, पूर्वप्रधानमन्त्री खानलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ र उहाँलाई सेप्टेम्बर १ सम्ममा अदालतमा उपस्थित हुन आदेश दिइएको छ। यद्यपि अदालतले पीटीआईका वकिल बाबर अवानको थप जमानतको अनुरोधलाई अस्वीकार गरेको छ।

Shivam cement

प्रकाशित: Aug 26, 2022| 04:45 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।