बिहीबार, असार ३२, २०८३

बिमस्टेकको मन्त्री स्तरीय ऐजेन्डा तयार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) मन्त्री स्तरीय बैठकको ऐजेन्डा तयार गरिएको छ।

राजधानीमा मंगलबार बिमस्टेक सदस्य देशका वरिष्ठ पदाधिकारीको १९ औं बैठकले मन्त्री स्तरीय बैठककको ऐजेन्डा तयार गरेको हो। जसमा कनेक्टिभिटी, व्यापार तथा लगानी, यातायात र सञ्चार, प्रविधि लगायत छन्। 

बुधबार छैठौं मन्त्री स्तरीय मिटीङ भने बिहीबार र शुक्रबार चौंथो बिमस्टेक शिखर सम्मेलन हुने कार्यक्रम तय भएको छ।

मंगलबार भएको बैठकमा मन्त्रीस्तरीय बैठकको ऐजेन्डा तयार भएको परराष्ट्र मन्त्रालयको प्रवक्ता भरतराज पौडेलले बताए। त्यस्तै उनको अनुसार तेस्रो शिखर सम्मेलनदेखि हालसम्म भएका १४ वटा क्षेत्रमा भएका प्रगतिको समीक्षा गरिएको थियो। 

जसमा बिमस्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा (विद्युतिय ग्रेड) पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तन लगायतका प्रतिवेदनहरु प्रस्तुत भएका थिए। 
  
‘त्यस्तै वैठकले बिमस्टेक सचिवालयको बजेट समेत स्वीकृति गरेको छ,’ उनले भने।

परराष्ट्र मन्त्रालयले चौंथो शिखर सम्मेलनपछि जारी हुने काठमाडौँ घोषणापत्रका मस्यौदामा गहन छलफल भएको जानकारी दिएको छ । 

बैठकमा बङ्गलादेशका विदेश सचिव मोहम्मद शहिदुल, भारतका विदेश सचिव विजयकेशव गोख्ले, म्यान्मारको विदेश मन्त्रालयका नायब महानिर्देशक विन जेयार तुन, श्रीलङ्काका अतिरिक्त सचिव रविनाथा पी आर्यसिन्हा र थाइल्याण्डको परराष्ट्र मन्त्रालयका स्थायी सचिव बुसाया माथेलिन नेतृत्वको प्रतिनिधिमण्डलले भाग लिएका थिए ।  
फोटोः परराष्ट्र मन्त्रालय
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।