बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया सेप्टेम्बरको सुरुमा स्वदेश फर्किने

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया सेप्टेम्बरको सुरुमा स्वदेश फर्किने

राजापाक्षे सेप्टेम्बर २ वा ३ मा फर्किने सम्भावना रहेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। कोलम्बोमा चर्को राजनीतिक विरोधपछि र देशको आर्थिक सङ्कटबाट आक्रोशित प्रदर्शनकारीबाट खतरा देखेपछि उनी गत जुलाई १३ को बिहान श्रीलंकाबाट भागेका थिए।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

कोलम्बो- श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्ड निर्वासनको केही दिनपछि सेप्टेम्बरको पहिलो हप्तामै स्वदेश फर्कने तयारीमा छन्। राजापाक्षे सेप्टेम्बर २ वा ३ मा फर्किने सम्भावना रहेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। कोलम्बोमा चर्को राजनीतिक विरोधपछि र देशको आर्थिक सङ्कटबाट आक्रोशित प्रदर्शनकारीबाट खतरा देखेपछि उनी गत जुलाई १३ को बिहान श्रीलंकाबाट भागेका थिए।

सिङ्गापुर पुगेपछि उनले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए जहाँ उनलाई १४ दिने भ्रमण पास जारी गरिएको थियो।अगस्ट ११ मा पूर्वराष्ट्रपति श्रीलंका सरकारको अनुरोधमा थाइल्याण्ड पुगेका थिए। उनको मिरिहाना निवासमा कडा सुरक्षा व्यवस्था गरिएको छ।

थाइल्याण्डले श्रीलंकाका पूर्वराष्ट्रपतिले देशमा शरण मागेको खबरलाई अस्वीकार गरेको छ। थाइल्याण्डको विदेश मन्त्रालयले राजपाक्षेलाई राजनीतिक शरण नलिने उद्देश्यले देश भ्रमण गर्न अनुरोध गरेको बताएको छ।

यसअघि श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी)ले राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई पूर्वराष्ट्रपति फिर्ताको व्यवस्था गर्न अनुरोध गरेको थियो। त्यसलगत्तै राष्ट्रपतिले राजापाक्षेलाई देश फर्काउने व्यवस्थाबारे छलफल गर्न सम्पर्क गरेको बताइएको छ।

गोटाबायाका भाइ महिन्दा राजापाक्षे नेतृत्वको एसएलपीपीले आज वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेसँगको भेटमा उक्त माग राख्दै गोटाबाया राजापाक्षेलाई श्रीलंकामा सुरक्षित यात्रा सुनिश्चित गर्न राष्ट्रपतिसँग अनुरोध गरेको छ।

kumari

प्रकाशित: Aug 26, 2022| 05:40 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।