बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • साढे दुई महिनामा बाढी पहिरोका कारण पाकिस्तानमा नौ सयको मृत्यु

साढे दुई महिनामा बाढी पहिरोका कारण पाकिस्तानमा नौ सयको मृत्यु

पाकिस्तानमा पछिल्लो समयमा आएका बाढी पहिरोमा परी नौ सयभन्दा बढीको मृत्यु भएको छ। गत जुन मध्यदेखि अहिलेसम्म आएका बाढी पहिरोमा परी नौ सय तीन जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन्।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

इस्लामावाद-  पाकिस्तानमा पछिल्लो समयमा आएका बाढी पहिरोमा परी नौ सयभन्दा बढीको मृत्यु भएको छ। गत जुन मध्यदेखि अहिलेसम्म आएका बाढी पहिरोमा परी नौ सय तीन जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन्।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार सोही अवधिमा अरु १३ सय जना घाइते भएका छन्। त्यसैगरी हजारौँ मानिस घरबार विहीन भएको र उनीहरु मध्ये कतिपय अझै पनि अस्थायी शिविरमै रहेको प्राधिकरणले जनाएको छ।

अत्यधिक वर्षाका कारण पाकिस्तानका विभिन्न ठाउँमा ठूला बाढी पहिरो आएर मानवीय तथा भौतिक क्षति भएका हुन्। पछिल्लो २४ घण्टामा मात्रै ७० भन्दा बढीको मृत्यु भएको छ।प्राधिकरणका अनुसार सोही अवधिमा बयासी हजार भन्दा बढी घर क्षतिग्रस्त भएका छन्।

बाढी पहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ।उनीहरूले घटनास्थलमा दयनीय अवस्था रहेकाले धेरै सहयोग सामग्रीहरूको आवश्यकता रहेको बताएका छन्।

बाढी पहिरोले धेरै क्षति गरेकाले अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको अपेक्षा गरिएको पाकिस्तानी सरकारी अधिकारीहरूले बताएका छन्।उनीहरूले सहयोगका लागि अपिल समेत गरेका छन्। 

kumari

प्रकाशित: Aug 26, 2022| 00:20 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।