शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ५० मेगावाट बिजुलीको व्यापार गर्न नेपाल र बंगलादेश सहमत

५० मेगावाट बिजुलीको व्यापार गर्न नेपाल र बंगलादेश सहमत

नेपाल र बंगलादेश ५० मेगावाटसम्मको बिजुली व्यापार गर्न सहमत भएका छन्।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं- नेपाल र बंगलादेश ५० मेगावाटसम्मको बिजुली व्यापार गर्न सहमत भएका छन्। नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बैठकले विद्युत व्यापारको सहमति जुटाएको हो। 

दुवै देशका सचिवहरुको बैठकले बंगलादेश र नेपालले यसका लागि भारतसँग अनुमति माग गर्ने निर्णय गरेका छन्। भारतको नोडल एजेन्सी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)ले अनुमति दिएमा तत्कालै विद्युत व्यापारको कारोबार सुरु गर्ने सहमति जुटाएका छन्। भारतले आफ्ना पूर्वाधार प्रयोग गरेर बिजुली व्यापारको अनुमति दिन सक्छ। तर, अहिलेसम्म भारतले यसमा सहमति जनाएको छैन।

ऊर्जा मन्त्रालय स्रोतका अनुसार बैठकमा नेपाल-बंगलादेश प्रसारण कारिडोर निर्माण लागि भारतसँग दुवै देशले कुराकानी गर्ने समेत सहमति भएको छ। 

बैठकले सुनकोशी-३ जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न बंगलादेशलाई दिने सहमति गरेको छ। ऊर्जा सचिवहरूको अर्को बैठक ६ महिनापछि बस्नेछ। 

बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी र बंगलादेशका तर्फबाट विद्युत, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानले नेतृत्व गरकेा थिए ।

प्रकाशित: Aug 25, 2022| 20:43 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्