कञ्चनपुर- जिल्ला सदरमुकाम भिमदत्तनगरमा फेरि कर्फ्यु लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार राति ८ बजेदेखि बिहीबार बिहान ४ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको सहायक जिल्ला प्रमुख अधिकारी सुरेन्द्र विष्टले नेपाल समयलार्इ बताए।
१३ वर्षिय बालिका निर्मला हत्या प्रकरणमा मानसिक सन्तुलन बिग्रिएकालार्इ नियन्त्रणमा लिएर दोषी सावित गर्न खोजेको र दोषीलार्इ उन्मुक्ति दिन खोजेको भन्दै विरोधमा उत्रिएका स्थानीयहरु आक्रोशित भएपछि हिंसा भड्किएको थियो।
कञ्चनपुरमा निर्मलाको हत्यारा पत्ता लगाउन भन्दै दैनिकजसो विरोध तथा पदर्शन जारी छ। फेरि परिस्थिति बिग्रनसक्ने जोखिम बढेकोले कर्फ्यु लगाएको प्रशासनले जनाएको छ।
निर्मला हत्या प्रकरणमा शंकाको घेरामा रहेको र सत्यतथ्य छानविन गर्न नसकेको भन्दै तत्कालिन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्टलार्इ निलम्बन गरेको छ भने सिडिओ र डिएसपीलार्इ हेडक्वार्टर तानिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४