बुधबार, जेठ २७, २०८३

'साओमी १२ लाइट' नेपाली बजारमा

साओमीले नेपाली बजारमा अल्ट्रा स्लिम साओमी १२ लाइट सार्वजनिक गरेको छ। कम्पनीले बुधबारदेखि उक्त स्मार्टफोन नेपाली उपभोक्ताका लागि उपलब्ध गराएको हो।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं- साओमीले नेपाली बजारमा अल्ट्रा स्लिम साओमी १२ लाइट सार्वजनिक गरेको छ। कम्पनीले बुधबारदेखि उक्त स्मार्टफोन नेपाली उपभोक्ताका लागि उपलब्ध गराएको हो।

National life

यो फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा छ भने ८ मेगापिक्सेलको अल्ट्रा वाइड एङल क्यामरा र २ मेगािपक्सेलको म्याक्रो क्यामरा छ। तीनवटा क्यामराको वरपर मेटल रिङ्ग देख्न सकिन्छ। त्यस्तै, फोनमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको समेत कम्पनीले जनाएको छ।

१९ ओटा टेम्पलेट सहितको ‘भ्लग मोड’बाट विभिन्न किसिमका भ्लगहरु तुरुन्तै बनाउन मिल्नुका साथै यसमा 'वान क्लिक एआई' र र अन्य थुप्रै सिनेम्याटिक फिल्टर उपलब्ध छ। स्न्यापड्रागन ७७८जी चिपसेटरहेको फोनले फ्ल्यागशिप सरहको फाइभजी पर्फर्मेन्स प्रदान गर्ने कम्पनीको दाबी छ।

साथै, यसको मल्टी टायर कुलिङ सिस्टमले फोनलाई तातो हुनबाट बचाउने कम्पनीको भनाइ छ। उक्त फोनमा ४३०० एमएएचको ब्याट्री दिइएको छ, जुन ६७ वाटको टर्बो चार्जिङले १३ मिनेटमै ५० प्रतिशतसम्म चार्ज गर्न सकिने जनाइएको छ ।

त्यस्तै, साओमीको अडाप्टिभ चार्ज एल्गोरिदमले प्रयोगकर्ताको नाइट टाइम चार्जिङ रुटिन अध्ययन गरेर चार्जिङ स्ट्राटेजी पनि अप्टिमाइज गर्ने उल्लेख गरिएको छ। ६.५५ इन्चको एमोलेड डिस्प्लेसहित उपलब्ध फोनमा एचडिआर र डल्बी भिजन दुवै रहनुका साथै यसमा ट्रुकलर डिस्प्ले, १२० हर्जको स्क्रिन रिफ्रेश रेट, २४० हर्जको टच स्याम्प्लिङ रेट लगायतका विशेषता छ।

Shivam cement

कम्पनीका अनुयार यसमा त्यस्तै आँखामा भार कम गर्न यसमा 'सन लाइट मोड ३.०', 'रिडिङ मोड ३.०' र 'ट्रु डिस्प्ले' राखिएको छ। साथै, डुअल स्टेरियो स्पिकर र डल्बी एट्मस स्पासियल अडियो टेक्नोलोजीले प्रयोगकर्तालाई इमर्सिभ साउन्ड एक्स्पिरियन्स प्रदान गर्ने कम्पनीको विश्वास छ।

६+१२८ जीबी र ८+१२८ जीबी स्टोरेज गरी दुई विकल्पमा आउने साओमी १२ लाइट हरियो, गुलाबी र कालो रंगमा उपलब्ध छ। ६+२८ जीबी भेरियन्टको ५० हजार ९९९ रूपैयाँ र ८+१२८ जीबी भेरियन्टको ५३ हजार ९९९ रूपैयाँ तोकिएको बताइएको छ।

प्रकाशित: Aug 25, 2022| 18:36 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्