शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशियालाई बैंकर्स संघको चेतावनी– सहमतिविपरीत निक्षेप उठाउने हो भने अन्तरबैंक कारोबार बन्द गर्छौं

एनआईसी एशियालाई बैंकर्स संघको चेतावनी– सहमतिविपरीत निक्षेप उठाउने हो भने अन्तरबैंक कारोबार बन्द गर्छौं

नेपाल बैंकर्स संघले एनआईसी एशिया बैंकलाई सहमतिविपरीत निक्षेप उठाउने हो भने अन्तरबैंक कारोबार नगर्ने चेतावनी दिएको छ।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं– नेपाल बैंकर्स संघले एनआईसी एशिया बैंकलाई सहमतिविपरीत निक्षेप उठाउने हो भने अन्तरबैंक कारोबार नगर्ने चेतावनी दिएको छ।

बैंकले केही व्यक्तिको निक्षेप १३.०३ प्रतिशतमा उठाएको प्रमाणसहितको उजुरी बैंकर्स संघमा परेपछि बुधबार बसेको संघको बैठकले एनआईसी एशियालाई चेतावनीसहितको पत्र पठाएको हो। 

त्यस्तै, संघले भद्र सहमतिको बाबजुद पनि बढी ब्याज दिएकोमा सो बैंकलाई स्पष्टीकरण समेत सोधेको छ। बैंकहरुले गरेको भद्र सहमतिअनुसार बैंकहरुले व्यक्तिगततर्फ एक वर्षको मुद्दति निक्षेपमा ११.०३ प्रतिशत र संस्थागततर्फ ९.०३ प्रतिशत ब्याजदर दिँदै आएका छन्। त्यस्तै रेमिट्यान्स खाता अन्तर्गत १२.०३ प्रतिशत ब्याजदर दिन सहमत भएका छन्। 

तर एनआईसी एशियाले सहमतिविपरीत धेरै ब्याज दिएर अन्य बैंकहरुलाई पनि अस्वस्थ प्रतिष्पर्धाको लागि बाध्य बनाएको अन्य बैंकहरुले आरोप लगाएपछि सो बैंकलाई संघले स्पष्टीकरण सोधेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने बैंकर्स संघको कार्यसमिति सदस्य समेत छन्। तर कतिपय निक्षेपमा कति ब्याज दिइएको छ भन्नेबारे उनलाई समेत जानकारी नभएको बैंकका एक कर्मचारीले जानकारी दिए। 

एनआईसी एशिया बैंकसँग बैंकर्स संघको यो दोस्रो विवाद हो। यसअघि पनि बैंकले निक्षेपको व्याजमा नै भएको भद्र सहमति तोडेको थियो। त्यतिबेला पनि संघले सो बैंकलाई सचेत गराएको थियो। 

प्रकाशित: Aug 25, 2022| 18:26 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्