बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिमस्टेकका भीभीआर्इपी को-कुन समयमा आउँदै छन् काठमाडौं?

बिमस्टेकका भीभीआर्इपी को-कुन समयमा आउँदै छन् काठमाडौं?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बिहिबारदेखि काठमाडौंमा शुरु हुन लागेका बिमस्टेक सम्मेलनका लागि सम्बन्धित देशका राष्ट्र/सरकार प्रमुख मंगलबारदेखि नै नेपाल आउन थालेका छन्। 

म्यानमारका राष्ट्रपति विन मिन्त मंगलबार दिउँसो २:१५ बजे काठमाडौं पुगिसकेका छन्। उनलार्इ उपप्रधानमन्त्री तथा रक्षामन्त्री र्इश्‍वर पोखरेलले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। राष्ट्रपति मिन्तलार्इ सोल्टी होटेलमा बस्ने व्यवस्था मिलाइएको छ।

नेपाल आउने भीभीआर्इपीमा भुटानका अन्तरिम मन्त्रिपरिषद अध्यक्ष छिरिङ तोव्गे बुधबार २:१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने छन्। श्रीलंका राष्ट्रपति मैत्रीपाल सिरिसेना २.४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहान ८:३० बजे विमानस्थल ओर्लने छन्। मोदीको सुरक्षाका लागि बिहान ८ बजेदेखि १०:३० बजेसम्म अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै उडान तथा अवतरण हुने छैनन्। 

नेपाल सरकारले मोदीको सुरक्षालाई विशेष प्राथमिकतामा राखेको छ। उनी नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गरेसँगै नेपालको आकाशमा आन्तरिक र बाह्य उडान हुने छैनन्। 
 
बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद ९:१५ बजे काठमाडौं आउने भएकी छन्इ। थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचा बिहीबार बिहान १०:१५ मा  त्रिभुवन विमानस्थलमा ओर्लने कार्यक्रम छ। 

नेपाल सरकारले सम्मेलनमा सहभागी राष्ट्रका राष्ट्रप्रमुखलाई अति विशिष्ट भीभीआईपी सुरक्षा प्रदान गर्नेछ।  उनीहरूको सुरक्षा र सम्मानार्थ उनीहरूले प्रयोग गर्ने सडक रुटमा एक घण्टा सवारी साधन रोकिने छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।