बिहीबार, असार ३२, २०८३

भीभीआईपीको सुरक्षामा प्लान 'ए' 'बी' र 'सी'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल सरकारले बिमस्टेकमा सहभागी भीभीआईपीको सुरक्षालाई विशेष प्राथमिकतामा राख्दै थप दुई वैकल्पिक रुटको व्यवस्था गरेको छ। 

त्रिभुवन विमानस्थलमा ओर्लिएलगत्तै भीभीआईपीहरू नेपालमा रहुन्जेल चार तहको सुरक्षा घेराभित्र रहनेछन्। पहिलो घेरमा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी र चौथोमा राष्ट्रिय अनुसन्धानको टोलीले विशेष सुरक्षा प्रदान गर्नेछन्। 

भीभीआईपीको आवतजावत गर्ने रुटलाई नेपालका सुरक्षा संयन्त्रले सुरक्षा निर्देशन गर्नेछन्। बिमस्टेकमा सहभागी भीभीआईपीले नेपालका सुरक्षा निकायले निर्देशन गरेकै रुट प्रयोग गर्नुपर्नेछ। 

सुरक्षा निकायले कन्टिन्जेन्सी 'ए', 'बी' र 'सी' अन्तर्गत् तीन तहको रुट तय गरेको छ। जसमा सुरक्षा निकायले प्लान 'ए', 'बी' र 'सी' तय गरिसकेका छन्। भीभीआईपीको आवागमनको पहिलो प्राथमिकता प्लान 'ए' नै हो।

सामान्य अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तीनकुने, नयाँबानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी हुँदै सोल्टी होटेल र सोल्टी होटेलबाट राष्ट्रपति कार्यालयसम्म पुग्न सुन्धारा, लाजिम्पाट हुँदै जाने छन्। यस्तै, विमानस्थलबाट गौशाला, चाबहिल हुँदै हायत होटेलसम्मको रुट सामान्य अवस्थामा प्रयोग हुनेछ। यसलाई प्लान 'ए' मा राखिएको छ। 

सुरक्षा स्रोतका अनुसार चुस्त सुरक्षाको बावजुद वैकल्पिक रुटको तयारी गर्नैपर्छ। सुरक्षा टोलीले कुनै सम्भावनाको गहिरो अध्ययन विश्लेषण गर्दै अन्य विकल्पसमेत तयार गरेका हुन्छन्। त्यसअनुसार चार वटा सुरक्षा निकायले थप दुई वैकल्पिक रुट अर्थात् 'प्लान बी'अर्न्तगत् त्रिभुवन विमानस्थल, गौशाला, चाबहिलबाट हायात होटेल तथा गोपीकृष्ण हुँदै नारायणगोपाल चोक, राष्ट्रपति भवन, लाजिम्पाट, सुन्धारा हुँदै सोल्टी होटेलको रुटलाई वैकल्पिक अर्थात् 'प्लान बी'अर्न्तगत प्रयोग हुनेछ। 'प्लान ए'मा कुनै अवरोध, खतरा अथवा सुरक्षा थ्रेट भएमा मात्र 'प्लान बी' रुट प्रयोग हुनेछ।
 
प्लान'ए' र 'बी'मा नेपालका सुरक्षा निकायले कुनै समस्या देखेमा प्लान 'सी' रुट प्रयोग हुनेछ। यो रुट त्रिभुवन विमानस्थल हुँदै चाबाहिल, हायात होटेल, चक्रपथ, नयाँ बसपार्क, बालाजु, कलंकी हुँदै सोल्टी होटेल र सुन्धारा हुँदै लाजिम्पाट र राष्ट्रपति कार्यालयसम्मको रुटलाई प्लान 'सी'अर्न्तगत् राखिएको छ। 

सुरक्षा टोलीले कुनै पनि भीभीआर्इपीलाई आवागमनका बेला सुरक्षा चुनौती देखे तत्कालै रोकी अन्य विकल्प प्रयोग गर्न सक्छ। सुरक्षा निकायको कारगेटसँगै नेपाली सेनाको विशेष हेलिकोप्टरले स्कर्टिङ गर्ने भएकाले सुरक्षामा कुनै कमी नहुने दाबी स्रोतको छ। हालको सरकारले पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलनको आतिथ्यता गर्न लागेकाले पनि यसलार्इ विशेष महत्व दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।