काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ४० पैसा र बिक्री दर १२८ रुपैयाँ कायम गरेको छ।
युरो एकको खरिद दर १२६ रुपैयाँ ४७ पैसा र बिक्री दर १२७ रुपैयाँ ०७ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५० रुपैयाँ ०८ पैसा र बिक्री दर १५० रुपैयाँ ७८ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ २७ पैसा र बिक्री दर १३२ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९१ पैसा र बिक्री दर ८८ रुपैयाँ ३२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ५० पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३२ पैसा र बिक्री दर ९ रुपैयाँ ३७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५५ पैसा र बिक्री दर १८ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८९ पैसा र बिक्री दर ३४ रुपैयाँ ०५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६६ पैसा र बिक्री दर ३४ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५४ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ४९ पैसा र बिक्री दर ९ रुपैयाँ ५४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर