बिहीबार, असार ३२, २०८३

दुई दिन विद्यालय बन्‍द हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल सरकारले बिमिस्टेक सम्मेलनको दुई दिन सरकारले उपत्यकाका निजी तथा सरकारी विद्यालय बन्द गर्ने निर्णय गरेको छ। 

शिक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीका अनुसार बिमिस्टेकको शिखर सम्मेलनमा भागलिन आउने सहभागी प्रतिनीधीको आवागमनलाई सुरक्षित र व्यवस्थित तथा सहज बनाउने उद्देश्यले भदौ १४ र १५ गते सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ। 

त्यस्तै सरकारले सम्मेलनमा सहभागी प्रतिनिधिको आवागमनलाई सहज बनाउन निजी तथा सार्वजनिक सवारी साधनलाई भदौ १३, १४ र १५ गते जोर बिजोर प्रणाली लागू गरेको छ। भदौ १३ र १५ गते बिजोर नम्बरका सवारी साधन मात्र राजधानीका गुडन पाउने छन। प्रेस तथा अत्यावश्यक सेवामा भने यो नियम लागु हुने छैन।

सहभागी राष्ट्र प्रमुखको आवागमन हुने समयमा भने अन्य कुनै सवारी साधन सोहि रुटमा गुडन पाउने छैनन। ट्राफिक महासाखाका निमित्त प्रमुख बसन्त कुमार पन्तले राजधानीमा गुडने सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको र यसले सम्मेलनमा सहभागी भिभीआईपीको आवागमन सहज हुने बताए।

राजधानीमा मात्र दैनिक ८ लाख पचास हजार सवारी साधन गडने गर्छन। जोर बिजोर प्रणाली लागु हुदा ४ लाख २५ हजार सवारी साधन राजधानीमा गुडन पाउनै छैनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।