मंगलबार, जेठ २६, २०८३

बिजुली महँगो भए विदेशमा बेच्न सकिँदैन : कुलमान घिसिङ

जलविद्युत् आयोजना निर्माण गर्दा प्राकृतिक स्रोत प्रयोग गर्न नपाउने, वनको जग्गा प्राप्तिमा अर्बौं रुपैयाँ आयोजनाले खर्च गर्नुपर्नेजस्ता कारणले लागत बढिरहेको घिसिङको दाबी।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले जलविद्युत् आयोजना निर्माण महँगो हुने गरी नीति बनाउन नहुने सुझाव दिएका छन्। जलविद्युत् महँगो भए  भारत र बंगलादेशमा बिजुली निर्यात गर्न नसकिने उनले बताए।

National life

बुधबार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँ जलविद्युत् आयोजना र रहुगंगा जलविद्युत् आयोजनाबारे गरेको छलफलमा घिसिङले सरकारको नीति–नियमका कारण विद्युत् परियोजना महँगिँदै गएको सुनाए।

जलविद्युत् आयोजना निर्माण गर्दा प्राकृतिक स्रोत प्रयोग गर्न नपाउने, वनको जग्गा प्राप्तिमा अर्बौं रुपैयाँ आयोजनाले खर्च गर्नुपर्नेजस्ता कारणले आयोजनाको लागत बढिरहेको उनको भनाइ छ। जलविद्युत् महँगो भए जनतालाई समेत असर पर्ने उनले बताए।

बंगलादेशमा विद्युत् निर्यात गर्न भारतको भन्दा सस्तोमा विद्युत् दिन सक्नुपने उनको धारणा छ। ‘तनहुँ जलविद्युत् ५० अर्बको परियोजना हो। यसमा करिब ३ अर्ब वन र सरकारी जग्गालाई तिर्नुप¥यो। त्यस्तै निजी जग्गाको अर्को ३ अर्ब गरी ६ अर्ब र सरकारकै जग्गाका लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु उचित होइन,’ उनले भने। उनले कालीगण्डकीको कुनै पनि स्रोत प्रयोग गर्न नपाए कालीगण्डकी करिडोरमा कुनै पनि परियोजना सस्तोमा बन्न नसक्ने दाबी गरे।

प्रकाशित: Aug 24, 2022| 17:43 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्