सोमबार, मंसिर २९, २०८२

त्यसैले 'नजिर' बन्दैछ जुम्लामा डाक्टर कुटिएको घटना

स्वास्थ्यकर्मी वा स्वास्थ्यसंस्थाका कर्मचारीमाथि कुटपिटको कसुर गरेमा तीन वर्षसम्म कैद वा तीन लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने ऐनको दफा १५ को उपदफा (ख)मा उल्लेख छ।
 |  बुधबार, भदौ ८, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, भदौ ८, २०७९

काठमाडौं- भदौ २ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक कुटिए। अस्पतलाको इमर्जेन्सी कक्षमा प्रतिष्ठानकै कर्मचारीबाट अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट भएको थियो। धनबहादुर शाहीले चिकित्सक करण शाहमाथि कुटपिट गरेका थिए।

National life

शुक्रबार बिहान करिब ९ बजे अस्पतालको इमर्जेन्सी कक्षका बिरामीको उपचारका लागि डा. करणसँगै डा विनोद बराल पनि खटिएका थिए। कर्मचारी धनबहादुर शाही आफ्नै बच्चाको टाँका खोल्नका लागि इमर्जेन्सी कक्षमा पुगे। डा. करणले टाँका खोल्नका लागि 'अटोक्लेभ' तयार गर्नुपर्ने तर त्यसका लागि आवश्यक सामग्री इमर्जेन्सी कक्ष नहुने भएकाले एक घण्टा पर्खन आग्रह गरे। १० बजे ओपीडी खुलेपछि त्यहाँको सामान ल्याएपछि खोलिने उनले जानकारी गराए। तर धनबहादुरले बच्चालाई स्कुल पठाउनुपर्ने भन्दै तत्काल गरिदिन आग्रह गरे। 

डा. शाहले केही समय पर्खन आग्रह गर्दै थिए, धनबहादुरले डा. शाहलाई गाली गर्न थाले। गाली गर्दै उनी इमर्जेन्सी कक्षबाट बाहिर निस्किएर अस्पताल प्रशासनकै अर्का एक कर्मचारीलाई बोलाए। अर्का कर्मचारी आएपछि एकछिन दुवै पक्षीबीच भनाभन भयो। त्यसै क्रममा डा. शाहलाई पछाडिबाट धनबहादुरले मुक्का हान्न थाले। त्यसपछि डा. शाह उठ्न खोजे तर सकेनन्। धनबहादुरले डा. शाहलाई पटक पटक प्रहार गरिरहे। उनको टाउको, अनुहारलगायत शरीरमा तात्ती प्रहार गरिरहे। त्यसपछि प्रतिष्ठानमा हल्लाखल्ला मच्चियो। डा. साहको टाउको र पेटमा चोट छ।

जुम्लामा पिटिएका डा करण साह बेडमा सुतेको अवस्थामा।

Laxmi sunrise bank
kumari

अस्पतालमा ड्युटीमा रहेका चिकित्सकमाथि अस्पतालकै कर्मचारीबाट आक्रमण भएको थियो। अस्पतालकै कर्चारीबाट सुरक्षित नभएको भन्दै चिकित्सकले दोषीलाई कारबाहीको माग गर्दै प्रहरीसमक्ष पुगे। तर बेलुका ४ बजेसम्म पनि प्रहरीले किटानी जाहेरी लिन मानेन। 

जाहेरी दर्ता नभएपछि ५ बजे नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीलाई फोन आयो। त्यसपछि चिकित्सक संघले गृह मन्त्रालय मार्फत उजुरी लिन आग्र गर्‍यो। मन्त्रालयबाट जुम्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फोन गएपछि बल्ल उजुरी दर्ता भएको थियो। केही स्थानीय, केही राजनीतिक दलका व्यक्तिले कुटपिट गर्ने व्यक्तिलाई संरक्षण गर्न खोजेकाले उजुरी दर्ता हुन मन्त्रालयको निर्देशन चाहिएको थियो। साँझ ७ बजे प्रहरीले किटानी जाहेरी दर्ता गराएको थियो। 

प्रकाशित: Aug 24, 2022| 18:42 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्