मंगलबार, जेठ २६, २०८३

एनआईसी एशिया क्यापिटलको ५५ प्रतिशत नगद लाभांश पारित

एनआईसी एशिया क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारण सभा बुधबार क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा सम्पन्न भएको छ।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

काठमाडौं- एनआईसी एशिया क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारण सभा बुधबार क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा सम्पन्न भएको छ। उक्त सभाले चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

National life

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने ११ करोड रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ। सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ।

सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले आ.व. २०७८/०७९ मा १२ करोड ८ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी ६०.३९ रूपैयाँ कायम गरी संचालनमा रहेका मर्चेण्ट बैंकहरु मध्ये खुद मुनाफाको आधारमा पहिलो स्थान हासिल गर्न सफल भएको सभालाई जानकारी गराए।

उनले क्यापिटल स्थापना भएको ५ वर्ष ४ महिनाको छोटो अवधिमै हाल संचालनमा रहेका ३० वटा मर्चेन्ट बैंकहरु मध्ये निक्षेप सदस्य सेवा अन्तर्गत ६ लाख डिम्याट खाता खोली पहिलो स्थान, म्युचुअल फण्ड सेवा अन्तर्गत एउटा खुलामुखी योजना सहित ५ वटा योजना संचालन गरी म्युचुअल फण्डको संख्या तथा व्यवस्थापन गरेको रकमको आधारमा पहिलो स्थान र लगानी व्यवस्थापन सेवा अन्तर्गत ५७३ जना ग्राहकहरुबाट १ अर्व ६७ करोड रूपैयाँ भन्दा बढी रकम संकलन गरी तेश्रो स्थान हासिल गर्न सफल भएको जानकारी गराए। साथै क्यापिटलले संचालनमा आएको ५ वर्ष ४ महिनाको अवधिमै आफ्नो शेयरधनीलाई १४१ प्रतिशत भन्दा बढी रिर्टन वितरण गर्न सफल भएको समेत जानकारी गराए।

प्रकाशित: Aug 24, 2022| 16:50 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्