मंगलबार, जेठ २६, २०८३

धौलागिरी लघुवित्तको आइपिओ बाँडफाँट

धौलागिरी लघुवित्तको आइपिओ बुधबार बाँडफाँट भएको छ।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

काठमाडौं- धौलागिरी लघुवित्तको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रवन्धक सनराइज क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत कुल ३० हजार ९२९ जना सर्वसाधारण लगानीकर्ताहरूले मात्र सेयर पाएका छन्। 

National life

जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्। उक्त आइपिओमा कुल १८ लाख ६५ हजार ९२६ जनाले आवेदन दिएकोमा १ हजार २८६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले सनराइज क्यापिटलले जानकारी गराएको छ।

कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म कुल ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो। जसमध्ये ५५ अर्थात् १६ हजार ५५० कित्ता सामुहिक लगानी कोष र ०.५५ अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन्।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।  साथै, धौलागिरी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ। 


प्रकाशित: Aug 24, 2022| 16:50 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्