मंगलबार, जेठ २६, २०८३

टीसीएलले ल्यायो ‘अजम्बरी खुशी’ योजना

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टीभी ब्रान्ड टीसीएलले यो दशैं तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुशी’ योजना सार्वजनिक गरेको छ।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

काठमाडौं- ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टीभी ब्रान्ड टीसीएलले यो दशैं तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुशी’ योजना सार्वजनिक गरेको छ।

National life

यस योजनाअन्तर्गत ग्राहकले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकले यो योजना आज भदौ ८ गतेदेखि सीमित अवधिका लागि नेपालभरि पाउने कम्पनीले जनाएको छ।

ग्राहकले टेलिभिजनको खरिदमा रु. ४० हजार ४०० सम्मको छुट पाउन सक्नेछन् भने कर्भड टेलिभिजनको खरिदमा रु. १४ हजार ७०० को छुटका साथै १ थान टीभी स्टिक उपहार पनि पाउन सक्नेछन्। त्यस्तै वासिङ मेसिन खरिदमा रु. १९ हजार ३०० सम्मको छुटका साथै ६ केजीको सर्फ एक्सेल वासिङ पाउडर उपहार पनि पाउन सक्नेछन। रेफ्रिजेरेटरको खरिदमा रु. ३५ हजार ७०० को छुट पाउन सक्नेछन्। 

यसैगरी एअर कन्डिसनरको खरिदमा रु. ३५ हजार ४०० सम्मको छुटका साथै रु. ४ हजारबराबरको निःशुल्क एसी जडान सुविधा पनि पाउने कम्पनीले जनाएको छ। यसका साथै वाटर डिस्पेन्सरको खरिदमा रु. ४ हजार ३०० सम्मको छुट र चेस्ट फ्रिजरको खरिदमा रु. १४ हजार ७०० र साउन्ड बारको खरिदमा रु ६ हजारसम्मको छुट पाउन सक्नेछन्।  यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ। 

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रविभवन, कीर्तिपुर, हात्तीगौँडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौंबाहिर इटहरी, हेटौँडा र भरतपुरमा छन्।

Shivam cement

प्रकाशित: Aug 24, 2022| 16:49 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्