मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वाईवाई ग्लोकल टीन हिरोका अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

वाईवाई ग्लोकल टीन हिरोका अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

वाईवाई ग्लोकल टिन हिरो २०२२ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ। देश भरिका किशोर किशोरीहरुबाट कुल ६४८ आवेदन आएकोमा आज अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

काठमाडौं- वाईवाई ग्लोकल टिन हिरो २०२२ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ। देश भरिका किशोर किशोरीहरुबाट कुल ६४८ आवेदन आएकोमा आज अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो।

National life

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो आठौं संस्करण हो। यस वर्ष सेप्टेम्बर १, २०२२ मा अवार्ड कार्यक्रम र सम्मेलन मार्फत वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम घोषणा गरिनेछ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीमा आशिष शाह, विमर्ष पौडेल, दर्शना रिजाल, निश्चल सिंह विष्ट, राहुल रञ्जन शाह, र सृजना गौतम छन्। अन्तिम ६ प्रतिस्पर्धीको कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्वार्ता हुनेछ र २०२२ को बिजेता घोषणा गरिने छ।

यस वर्षको निर्णायक टोलीमा युरोपियन युनियनका राजदूत नोना डेप्रेज, गोल्डस्टारको मार्केटिङ, ब्रान्ड र व्यवसाय विकास निर्देशक, विधुसी राणा, नेपालका लागि कोका कोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, गोल्छा ग्रुपकाअध्यक्ष शेखर गोल्छा र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति छन्।

सेप्टेम्बर १, २०२२ मा वाईवाई ग्लोकल टिन हिरो नेपाल अवार्ड कार्यक्रम सोल्टी होटेल काठमाडौँमा आयोजना गरिने भएको छ। 

Shivam cement

प्रकाशित: Aug 24, 2022| 16:47 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्