शुक्रबार, असोज ९, २०८३

टाटा मोटर्सले ल्यायो दसैं अफर

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यो वर्षको दसैँलक्षित अफर ल्याएको छ। कम्पनीले द–सही नामक अफर ल्याएको हो।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यो वर्षको दसैँलक्षित अफर ल्याएको छ। कम्पनीले द–सही नामक अफर ल्याएको हो।

यस योजनाअन्तर्गत ग्राहकले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टीभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोबाइलमध्ये कुनै एक उपहार पाउने कम्पनीले जनाएको छ।

आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन सकिन्छ। साथै यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाइनान्सजस्ता सुविधा पनि छन्। सिप्रदीको कमर्सियल भेहिकल बिजनेस युनिटका सिनियर जनरल म्यानेजर अनुपमणी ढकालले विशेषगरी ७० प्रतिशतसम्मको फाइनान्स सुविधाले सबैको हौसला बढाएको बताए।


प्रकाशित: Aug 24, 2022| 16:46 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्