शुक्रबार, असोज ९, २०८३

नेपालमै उत्पादन हुँदै सामसुङ टिभी

मन्त्री बडुद्वारा नवलपरासीको भूमेरोडमा टिभी उत्पादन गर्ने उद्योगको शिलान्यास।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

काठमाडौं– नेपालमै सामसुङ टिभी उत्पादन हुने भएको छ। दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसुङ र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसनको लगानीमा नवलपरासीको भूमेरोडमा टिभी उत्पादन गर्ने उद्योग खुल्ने भएको हो।

तत्कालका लागि टिभी मात्रै उत्पादन गर्ने गरी निर्माण गरिन लागेको उद्योगको बुधबार शिलान्यास गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले उद्योग निर्माणको शिलान्यास गर्दै नेपालमा लगानी वातावरण राम्रो हुँदै गएको बताए।

विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत र प्रशासनिक सुधार गरेकाले नेपालमा विदेशी लगानी ल्याउन उनले लगानीकर्तालाई आग्रह गरे। नेपालमा सामसुङ टिभीको आधिकारिक बिक्रेता गोल्छा अर्गनाइजेसन हो।

प्रकाशित: Aug 24, 2022| 13:17 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्