बिहीबार, असार ३२, २०८३

प्रदेश सरकारले दियो शहीद परिवारलाई रोजगारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रदेश २ सरकारले मधेश आन्दोलनका शहीद परिवारलाई रोजगारीको व्यवस्था मिलाएको छ। 

तेस्रो मधेश आन्दोलनका प्रथम शहीद राजिव राउतकी श्रीमती निलम देवी राउतले प्रदेश सरकारले रोजगारी दिएको हो। राउतसँगै अहिलेसम्म शहीद परिवारका दुईजना सदस्यलाई प्रदेश सरकारले रोजगारी दिइसकेको छ। यसअघि प्रदेश २ सरकारले शहीद रामविवेक यादवकी श्रीमती अनिला यादवलाई रोजगारी दिएको थियो।

प्रदेश सरकारले निलम र अनिला दुवै जनालाई मुख्य न्यायाधिवक्ताको कार्यालयमा रोजगारी दिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ।
मंगलबार प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमकाबीच मुख्यमन्त्री लालबाबु राउतले शहीद पत्नी निलमलाई नियुक्तिपत्र हस्तान्तरण गरेका थिए।

प्रदेश २ को सरकारको पहिलो मन्त्रीपरिषद बैठकले प्रत्येक शहीद परिवारलाई रोजगारी दिने निर्णय गरेको थियो। मधेश आन्दोलनका शहीद परिवार रोजगारी तथा घाइते सहायता निर्देशिका २०७५ मा शहीद परिवारका सदस्यलाई योग्यता तथा क्षमता अनुसार रोजगारीको व्यवस्था गरिने उल्लेख छ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।