शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निर्यात २८.६८ प्रतिशतले घट्यो, एक महिनामै व्यापार घाटा साढे ११ करोड

निर्यात २८.६८ प्रतिशतले घट्यो, एक महिनामै व्यापार घाटा साढे ११ करोड

एक महिनामा व्यापार घाटामा १०.३८ प्रतिशतले कमी आएको विभागको तथ्यांक रहेको छ।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

काठमाडौं– चालू आर्थिक बर्षको पहिलो महिनामा निर्यात २८.६८ प्रतिशतले घटेर १ करोड ४८ लाख रुपैयाँँमा आइपुगेको छ। गत आर्थिक वर्षको पहिलो महिनामा निर्यात २ करोड ७ लाख रुपैयाँ बराबरको भएको थियो। 

त्यस्तै, गत आर्थिक वर्षको तुलनामा साउनमा आयातमा १२.९० प्रतिशतले कमी आएको छ। भन्सार विभागका अनुसार गत वर्षको साउनमा १५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएकामा यस वर्षको साउनमा १३ करोड १२ लाख रुपैयाँ बराबरको आयात भएको छ। 

विभागले एक महिनामा व्यापार घाटामा १०.३८ प्रतिशतले कमी आएको जनाएको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा व्यापार घाटा ११ करोड ६४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा १२ करोड ९९ लाख  थियो। 

प्रकाशित: Aug 24, 2022| 11:34 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्