काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८ रुपैयाँ ०९ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४९ रुपैयाँ ८४ पैसा र बिक्री दर १५० रुपैयाँ ५४ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ८५ पैसा र बिक्री दर १३२ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६१ पैसा र बिक्री दर ८८ रुपैयाँ ०२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ३० पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ २७ पैसा र बिक्री दर ९ रुपैयाँ ३२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६१ पैसा र बिक्री दर १८ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९५ पैसा र बिक्री दर ३४ रुपैयाँ ११ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८४ पैसा र बिक्री दर ३५ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५४ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ४९ पैसा र बिक्री दर ९ रुपैयाँ ५४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर