शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • साउनमा मात्रै २११ विद्युतिय गाडी भित्रिए, स्कुटर र बाइकभन्दा साइकल बढी

साउनमा मात्रै २११ विद्युतिय गाडी भित्रिए, स्कुटर र बाइकभन्दा साइकल बढी

भन्सार विभागका अनुसार ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बारबरका उक्त गाडी भित्रिएका हुन्। यसवापत आयातकर्ता कम्पनीले सरकारलाई २१ करोड ६१ लाख ४६ हजार रुपैयाँ राजस्व बुझाएका छन्।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै २११ वटा विद्युतिय गाडी भित्रिएका छन्।

भन्सार विभागका अनुसार ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बारबरका उक्त गाडी भित्रिएका हुन्। यसवापत आयातकर्ता कम्पनीले सरकारलाई २१ करोड ६१ लाख ४६ हजार रुपैयाँ राजस्व बुझाएका छन्। 

२ हजार ७० वटा साइकल, स्कुटर र बाइक

पछिल्लो एक महिनामा २ हजार ७० वटा  विद्युतिय स्कुटर र बाइक आयात भएका छन्। भन्सार विभागका अनुसार १ हजार १६९ वटा साइकल र ९०१ वटा स्कुटर तथा बाईक आयात भएका हुन्। 

१४ करोड २३ लाख ७५ हजार रुपैयाँका उक्त साइकल, बाइक र स्कुटर ४ करोड ३४ लाख ७५ हजार रुपैयाँ राजस्व बुझाएर आयात गरिएको हो।

प्रकाशित: Aug 23, 2022| 22:20 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्