शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • साउनमा २९ प्रतिशतले घट्यो निर्यात, आयातमा १३ प्रतिशत कमी

साउनमा २९ प्रतिशतले घट्यो निर्यात, आयातमा १३ प्रतिशत कमी

साउन महिनामा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजारका वस्तु आयात भएका थिए। गत वर्ष सोही अवधिमा नेपालले १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजारको वस्तु आयात गरेको थियो।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालको आयात करिब १३ प्रतिशतले घटेको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको साउन महिनाको तथ्यांकले १२.९ प्रतिशतले आयात घटेको देखाएको हो।  साउनमा निर्यातसमेत २८.६८ प्रतिशतले घटेको छ। 

साउन महिनामा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजारका वस्तु आयात भएका थिए। गत वर्ष सोही अवधिमा नेपालले १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजारको वस्तु आयात गरेको थियो।

गत वर्ष साउनमा नेपालले २० अर्ब ७६ करोड ५१ लाख १७ हजार बराबरको वस्तु निर्यात गरेको थियो। यस वर्ष साउनमा १४ अर्ब ८० करोड ९७ लाखको वस्तु निर्यात गरेको तथ्यांक उल्लेख छ। 

साउनमा मात्र १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख बराबरको व्यापार घाटा भएको छ। आयातबाट ३१ अर्ब ९६ करोड १६ लाख राजस्व संकलन भएको छ।

प्रकाशित: Aug 23, 2022| 20:01 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्