बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • साउनमा २११ विद्युतीय गाडी भित्रिए, स्कुटर र बाइकभन्दा साइकलमा आकर्षण

साउनमा २११ विद्युतीय गाडी भित्रिए, स्कुटर र बाइकभन्दा साइकलमा आकर्षण

१४ करोड २३ लाख ७५ हजार रुपैयाँका ती साइकल, बाइक/स्कुटर आयात गर्दा सरकारले ४ करोड ३४ लाख ७५ हजार रुपैयाँ राजस्व पाएको विभागको तथ्यांक छ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९
National life
Shivam cement

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २११ वटा विद्युतीय गाडी भित्रिएका छन्। ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बारबरका ती गाडी आयातकर्ता कम्पनीले सरकारलाई २१ करोड ६१ लाख ४६ हजार रुपैयाँ राजस्व बुझाएको भन्सार विभागले जानकारी दिएको छ। 

विभागका अनुसार साउनमा २ हजार ७० वटा दुईपांग्रे विद्युतीय सवारी छन्। यीमध्ये १ हजार १६९ वटा विद्युतीय साइकल छन्।

१४ करोड २३ लाख ७५ हजार रुपैयाँका ती साइकल, बाइक/स्कुटर आयात गर्दा सरकारले ४ करोड ३४ लाख ७५ हजार रुपैयाँ राजस्व पाएको विभागको तथ्यांक छ। 

प्रकाशित: Aug 23, 2022| 19:18 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्