बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लघुबिमा निर्देशिका : छुट्टै कम्पनी खोल्ने बाटो खुल्यो, संस्थापकको 'क्रस होल्डिङ'मा कडाइ

लघुबिमा निर्देशिका : छुट्टै कम्पनी खोल्ने बाटो खुल्यो, संस्थापकको 'क्रस होल्डिङ'मा कडाइ

संस्थापकका एकाघरका परिवार सदस्य, संस्था वा संस्थागत समूहले लघुबिमाको कुनै एक कम्पनीमा मात्रै बढीमा १५ प्रतिशत मात्रै लगानी गर्न पाउने छन्।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं- बिमा क्षेत्रको नियामक बिमा समितिले लघु बिमक स्थापना तथा दर्तासम्बन्धी निर्देशिका जारी गरेको छ। यो सँगै लघु बिमा गर्नको लागि छुट्टै बिमा कम्पनी सञ्चालन गर्ने बाटोसमेत खुलेको छ। 

National life

समितिले तोकेको न्यूनतम चुक्ता पुँजीमा पब्लिक लिमिटेडका रूपमा काठमाडौं उपत्यका बाहिर कम्पनी दर्ता गर्न सकिनेछ। संस्थापक समूहको कम्तीमा ५१ र बढीमा ७० प्रतिशतसम्म पुँजीको व्यवस्था गरेर कम्पनी दर्ता गर्न पाउने व्यवस्था गरिएको हो। सर्वसाधारणका कम्तीमा ३० प्रतिशत सेयर अनिवार्य गरिएको छ भने बढीमा ४९ प्रतिशतसम्म सेयर बिक्री गर्न सकिने व्यवस्था निर्देशिकामा उल्लेख छ। सर्वसाधारणका लागि खुल्ला गरिएकोबाट बढीमा ५ प्रतिशतसम्म कम्पनीका कर्मचारीलाई सेयर सुनिश्चित गर्न सकिने व्यवस्थासमेत गरिएको छ। 

संस्थापकका एकाघरका परिवार सदस्य, संस्था वा संस्थागत समूहले लघुबिमाको कुनै एक कम्पनीमा मात्रै बढीमा १५ प्रतिशत मात्रै लगानी गर्न पाउने छन्। 

यसरी कम्पनी खोल्न चाहनेले लघु जीवन र निर्जीवनका लागि छुट्टाछुट्टै आवेदन दिनुपर्ने छ। संस्थापकले यसअघि कुनै पनि बिमा कम्पनीमा लगानी गरेको भय त्यसको विवरणसमेत खुलाउनु पर्नेछ। 

प्रस्तावित कम्पनीका संस्थापक कालोसूचीमा नरहेको हुनुपर्ने र कालोसूचीमा परेको खण्डमा कालोसूची फुकुवा भएको तीन वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ। संस्थापक सदस्यमध्ये कम्तीमा एक तिहाईले स्नातक उपाधि हासिल गरेको हुनुपर्नेसमेत निर्देशिकामा उल्लेख छ। पब्लिक कम्पनीका लागि कम्तीमा ७ जना संस्थापक हुनुपर्दछ। कम्पनीले अनुमति पाएको तीन महिनाभित्र व्यवसाय सुरु नगरे खारेज हुने व्यवस्था गरिएको छ।

Shivam cement

लघुबिमाको अहिलेको अवस्था

जीवन बिमा र निर्जीवन बिमा कम्पनी लघु बिमाका कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन्। जीवन बिमा व्यवसाय गर्नेले जीवन लघु बिमा र निर्जीवन बिमा व्यावसाय गर्दै आईरहेका बिमा कम्पनीले निर्जीवन बिमा व्यावसाय गर्दै आइरहेका छन्। 

लघु जीवन बिमा अन्तर्गत सावधिक, म्यादी र समितिले तोकिदिए बमोजिमको व्यावसाय कम्पनीले गर्दै आइरहेका छन्। त्यस्तै, निर्जीवन बिमा व्यावसाय गर्ने कम्पनीहरुले सम्पत्ति, घर, दुर्घटना, स्वास्थ्य, घातक रोगका साथै कृषिसम्बन्धी कार्यक्रम समितिले तोकेबमोजिम सञ्चालन गर्दै आइरहेका छन्। व्यवसायका लागि कम्पनीले समितिबाट भने स्वीकृत तथा तोकेबमोजिमको व्यवसाय मात्रै गर्न पाउने व्यवस्था छ। 

बिमा समितिका अनुसार गत आर्थिक वर्ष २०७८/७९को असार अन्तिममा ४१ लाख १४ हजार १९१ लघु जीवन बिमालेख सक्रिय छन्। 


प्रकाशित: Aug 23, 2022| 18:28 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्