शनिबार, असार ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंकले ल्यायो 'ढुक्क मुद्दती खाता' अफर, विप्रेषण राख्दा ५ वर्ष १० महिनामा दोब्बर

नबिल बैंकले ल्यायो 'ढुक्क मुद्दती खाता' अफर, विप्रेषण राख्दा ५ वर्ष १० महिनामा दोब्बर

नेपालमा आर्जन गरी मुद्दती खातामा राखेको रकम ६ वर्ष ३ महिना २३ दिनमा दोब्बर हुनेछ। यस्तै, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा र २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिने अफर ल्याइएको बैंकले जानकारी दिएको छ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं- नबिल बैंकले ‘नबिल ढुक्क मुद्दति खाता’ अफर सार्वजनिक गरेको छ। यस्तो खातामा निश्चित समयावधिपछि दुईदेखि १० गुणासम्म बढी रकम प्राप्त गर्न सकिने अफर ल्याइएको बैंकले जानकारी दिएको छ। 

National life

नेपालमा आर्जन गरी मुद्दती खातामा राखेको रकम ६ वर्ष ३ महिना २३ दिनमा दोब्बर हुनेछ। यस्तै, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा र २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिने अफर ल्याइएको बैंकले जानकारी दिएको छ।

त्यसैगरी विप्रेषणअन्तर्गत खोलिने ढुक्क मुद्दति खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ। 

यो खाताअन्तर्गत ग्राहकले रु. ३ लाखसम्मको क्रेडिट कार्ड सुविधा पनि पाउन सक्नेछन्।

प्रकाशित: Aug 23, 2022| 15:36 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्