शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मलाका हत्या प्रकरण : आरोप विष्टको स्वास्थ्य परिक्षण गर्न काठमाडौं ल्याइँदै

निर्मलाका हत्या प्रकरण : आरोप विष्टको स्वास्थ्य परिक्षण गर्न काठमाडौं ल्याइँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कन्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका युवकको स्वास्थ्य परीक्षणका लागि काठमाडौं लगिएको छ । 

पक्राउ परेका भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह विष्टलाई जिल्ला प्रहरी कार्यालय कन्चनपुरले मंगलबार स्वास्थ्य परीक्षणका लागि काठमाडौं पठाएको हो । उनलाई हवाईजहाजमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए । 

उनलाई निर्मलाको हत्या भएको २५ औँ दिनपछि प्रहरीले घटनास्थल आसपासको क्षेत्रबाट पक्राउ गरेको भन्दै सार्वजनिक गरेको थियो । उनको मानसिक अवस्था र अन्य स्वास्थ्य परीक्षणका लागि काठमाडौ लगिएको प्रहरी उपरीक्षक कडायतले बताए । 

उनी मानसिक रुपमा ठिक नभएको भन्दै स्थानीयले प्रहरी बिरुद्ध आन्दोलन चर्काएका थिए । यस्तै पन्त हत्याको अनुसन्धानमा पक्राउ परेका रोशनी बम र बबिता बमलाई छ दिन थुनामा राखेर अनुसन्धान गर्न कञ्चनपुर जिल्ला अदालतले सोमबार नै अनुमती दिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।