मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबि बैंकका ६ वटा प्रदेशका शाखामा महिला कर्मचारीमात्र

एनएमबि बैंकका ६ वटा प्रदेशका शाखामा महिला कर्मचारीमात्र

एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला कर्मचारी मात्र भएको शाखा सञ्चालनमा ल्याएको छ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९
National life
Shivam cement

काठमाडौं- एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला कर्मचारी मात्र भएको शाखा सञ्चालनमा ल्याएको छ। महिला कर्मचारी मात्र भएको शाखाको घोषणा तथा महिला सशक्तीकरणमा सक्रिय भएर काम गर्दै आएका महिलाहरूको अनुभव साट्ने उद्देश्यले अन्तक्र्रियात्मक कार्यक्रमसहित बैंकले शाखाको घोषणा गरेको हो। 

बैंकले प्रदेश १ को टंकिसिनबारी शाखा, मधेस प्रदेशको महोत्तरी, बागमती प्रदेशको बल्खु, गण्डकी प्रदेशको चाउथे, लुम्बिनी प्रदेशको भलबारी र सुदूरपश्चिम प्रदेशको धनगढी शाखा महिला कर्मचारीले मात्र सञ्चालन गरिरहेको जनाएको छ।

महिलालाई थप शशक्त बनाई हरेक क्षेत्रमा अगाडि बढाउनु आजको आवश्यकता रहेको महसुस गरेकाले यस प्रकारका शाखा सञ्चालनमा ल्याएको बैंकको भनाइ छ। यसले भविष्यमा महिला सशक्तीकरणको क्षेत्रमा थप टेवा पुर्‍याउने बैंकले अपेक्षा राखेको जनाएको छ। बैंकले हाल देशभरि दुई सय एक शाखा, एक सय ३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ।

प्रकाशित: Aug 23, 2022| 13:54 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्