बिहीबार, असार ३२, २०८३

प्रधानमन्त्रीलाई संसदमा कसले के सोधे ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरिसकेपछि उनलार्इ सासंदहरुलार्इ विभिन्न प्रश्न गरेका छन्। संसदको करिब डेढ घण्टा समयमा बोल्ने सासंदहरुले गरेका प्रश्नहरु र ती प्रश्नमा ओलीले दिएको जवाफ जस्ताको त्यस्तै छ। 

प्रधानमन्त्रीलाई प्रश्न 

प्रमे सुवाल: यो विमिस्टेको उद्देश्य के हो ? पप्पु कन्सट्रक्सनका विषयमा के भइरहेको छ ?

गगन थापा: संविधान निर्माण गर्दा अघिल्लो सरकारले काम गर्दा दुख पाएँ भन्नु भयो? ७५ प्रतिशत सरकार कसले चलायो। तपाई र तपाईको सरकार चलाएको को-पाईलटको संलग्नतामा ७५ प्रतिशत सरकार चलाएको बिषयलाई के भन्नुहुन्छ?

संजय गौतम : संकल्प प्रस्ताव पारित भएको छ? प्रधानमन्त्रीको के शिर निहुँरिएको छैन? तपाईंलाई लाज लागेको छैन।

भरत साहः भैंसीहरु होइन, १ लिटर दुधमा ट्याक्स लगाइएको छ। कञ्चनपुरमा बलात्कारीलाई कारबाही गर भन्दा गोली चलाइन्छ। ५६ सालको चुनावमा ५७ दिनसम्म सदन चल्न नदिएको बिर्सनुभयो। 

दिव्यमणी राजभण्डारी : आज १२ गते हो। यसको निर्वाचन १३ गतेदेखि शुरु हुँदैछ। तर संसद र सदनलाई थाहा नहुनु दुखद घटना हो? इन्टर पार्लियामेन्टको संगठन र बिजनेस कम्युनिटहिरुको पनि संघ बन्दैन।

डा.मिनेन्द् रिजाल: विमस्टेकको सम्मेलनको सफलताको कामना तर प्रधामन्त्रीज्यू कांग्रेसले संसद अवरोध कहिले गर्‍यो? सभामुखसँग रेकर्ड लिएर जानकारी लिनुहोस? तपार्ईंलाई अहिले बोल्ने अधिकार पनि ३ तहको चुनावको बिरासतबाट प्राप्त भएको हो। त्यो नविर्सनुस। रक्त पिपासुबाट निर्मला र सन्नीको ज्यान लिइरहँदा उनीहरुको आत्माले न्याय मागिरहेको छ। 

दिलेन्द्र बडु : निरु पालमाथि पेस्तोल देखाएर ज्यान मार्न खोज्नेलाई कहिले पक्राउ गर्नुहुन्छ?

सरिता गिरी : यो संविधान जारी भएपछि बढी बलात्कारको घटना बढीहरेको छ। वैदेशिक रोजगारीका कारण महिलाको अधिकार कटौति भएको हो। संविधानले महिलाको शरिरमाथि अधिकार खोसेको छ। 

राजेन्द्र लिङ्देन : नेपाल एयरलाइन्सको वाइड बढी खरिदमा अर्बौंको भ्रष्टाचार भएको छ। स्वीस बैंकमा ३५ अर्ब छ अरे छानबिन होस।

मिना पाण्डे : विक्रीमा कर लाग्छ भन्नु भयो तर एक डोको साग बेच्नेलाई कर लगाउने? फुटपाथमा साग बेच्नेलाई थुनेर राखेको प्रमलाई थाहा छ कि छैन?

लक्ष्मी परियार : यो सरकारले नागरिकलाई कतिसम्मको दुई खालको व्यवहार गर्छ। कैलालीमा एक दलित पीडित महिलालाई पाँच लाख दियो तर पन्तलाई १० लाख किन विभेद? निरु पालको घटना कसबाट भएको हो?

प्रकाश रसाईली स्नेही : काठमाडौंका खाल्डा खुल्डी मैले बनाएको होइन भन्नु भयो? विदेशीले हिँड्ने बाटो मात्र पुर्ने कि जनताले हिँड्ने बाटो पनि भर्ने हो?

पार्वती डीसि चौधरी : डा गोबिन्द केसीले राखेको मागमा प्रतिपक्षले साथ दियो। सत्तापक्ष विरोधमा थियो। तर सत्तापक्षले अहिले १६ बुँदे सहमति गरेको छ। त्यसरी नै निर्मला पन्तको छानविन होस् ।

सत्यनारायण खनाल : स्थानीय तहमा ५२ हजार कर्मचारी पुगेको भनिए पनि पूर्वी नवलपरासीको स्थानीय तहमा जाने कर्मचारी कहाँ बाटोमा हराएका छन् की मन्त्रीको चाकरी गर्दै छन?

पुष्पा भूषाल : ५ सय बढी बलात्कार भएका घटनाहरु भएका छन्, यस विषयमा सरकार किन गम्भीर भएन ?

उमा रेग्मी : निर्मला पन्तको हत्याको सबुद प्रमाण तत्कालिन प्रहरी प्रमुखले नष्ट गरेको छ। अब यो सरुवा गरेका प्रहरीले अभियुक्त पत्ता नलागोस भन्ने हो? 

मीना सुब्बा : कञ्चनपुरकी निर्मला पन्त मात्र नभएर, कैलालीकी माया विक, काभ्रेकी एन्जिला तामाङ र पोखरामा पुष्पा केसीको बलात्कारपछि हत्या भएको छ। न्याय माग्ने दिदी बहिनीमाथि गोली हानिएको छ। 

प्रधानमन्त्री ओलीको जवाफ

विमस्टेक सार्कलाई निषेध गर्न आएको होइन, यसको संचालनको प्रकृति फरक छ। कुन जनरलबाट के आयो त्यसमा म प्रवेश गर्न चाहँदिन। अपेक्षा अनुरुप सार्कले काम गर्न नसकेको अनुभव गरेका छौं। क्षेत्रिय बिषय र सहयोगलाई साझा रुपले अघि बढाउने उद्देश्य छ। बिमस्टेक र सार्क दुवैको हामी अध्यक्ष हौं। सार्क आयोजना  पाकिस्तानले गर्नु पर्ने हो। यो गतिशिल हुनुपर्ने हो। किन भएन मलाई थाहा छैन। सुस्तता आउँदैमा निरास हुनु पर्दैन र बढी क्रियाशिल हुँदा हौंसिनु पनि पर्दैन।
हामी पारस्परिक सहयोग र कनेक्टीभिटीको कुरामा अघि बढ्नु पर्छ। युरोपियन मुलुकहरुले साझा मुद्दा लिएर अघि बढेका छन्। आसियानले प्रभावकारी भूमिका खेलेको छ। 

पप्पु कन्स्ट्रक्सनको बारेमा छलफल भइरहेको छ। महङ्गी, मुल्यबृद्धिको गर्न कार्टेलिङ गर्छन। कुनैको मुल्य मौसम अनुसार हुन्छन। कृतिम अभाग खडा गर्ने प्रवृतीलाई नियन्त्रण गर्ने प्रयास गरेका छौं। आवश्यक वस्तुको भण्डारण गर्नेतर्फ ध्यान दिएको छ। बजार अनुगमन गर्नेछ।

व्यवसायीक करण स्थानीय तहको अधिकारको कुरा हो। अतिरञ्जनापूर्ण कुराको मात्र मैले आलोचना गरेको छु। कर आवश्यक छ। कर आतंक भन्दा बढी फिजाउन खोजेको आतंक हो। 

समुद्र र पहाडको एजेण्डा विमस्टेक थप एजेण्डा हो। अधिनायकबाट त्यसैगरी आउँछ, १५ सालमा कांग्रेसको बहुमत थियो, त्यसलाई पञ्चायतले हटायो। अधिनायकवादको लक्षण जनमतको अनादार हो। जहाँ-जहाँ भ्रष्टाचारको कुरा उठेको छ, त्यहाँ सरकारले भ्रष्टाचार गर्दैन।

क्यालुकेलसन मैले गरेको छैन। ७५ प्रतिशत भन्नु भयो। यो मिक्स क्यालकुलेसन हो कि, के हो? विगतमा कांग्रेस र राप्रपा, हामीले कहिले सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई पनि प्रधानमन्त्री बनाउन बाध्य भयौं। हामी भित्र मान्छे नभएर होइन।
 
कुरा हमलाको हो त्यसमा पर्सेन्टेज कसरी निकाल्नु भयो? एक सांसदले मलाई निर्लज्ज भएर काम गर्दा लाज हुन्छ कि हुँदैन भनेर प्रश्न गर्नु भयो। तर निर्लज्ज शब्द प्रयोग गर्दा लाज लाग्छ कि लाग्दैन? 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।