काठमाडौं- फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्धारा संचालित मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेडबीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ। बैंकका ग्राहकलाई आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरी ती कार्डहरुबाट विभिन्न सेवाहरुको भुक्तानी गर्न सकिन्छ।
मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरुको भुक्तानी सक्नेछन्। यसैगरी बैंकका ग्राहकहरुले मोकोमार्फत स्क्यान टू पे माध्यमबाट १,५०० भन्दा बढी मर्चेन्टकोमा भुक्तानी समेत गर्न सक्नेछन्।
मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ। बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आएको छ।
यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ।