मंगलबार, जेठ २६, २०८३

फोटोन टुनल्याण्ड ई प्लस नेपाली बजारमा आउँदै

टुनल्याण्ड ई प्लस नेपाली बजारमा उपलब्ध हुने भएको छ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं– टुनल्याण्ड ई प्लस नेपाली बजारमा उपलब्ध हुने भएको छ। नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेइकल प्रालिले टुनल्याण्ड ईको सफलतापछि यसको अपग्रेडेड भर्सन ल्याउन लागेको हो। 

National life

यही भदौ ९ गते लञ्च गर्ने तयारी गरिएको टुनल्याण्ड ईको नयाँ भर्सन थप शक्तिशाली, आकर्षक फिचरसहित आउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार टुनल्याण्ड ईं ग्राहकलाई पिकअप ट्रकमा चाहिने कुरालाई र आफ्नो अनुभव र रिसर्च अनुसार डिजाइन गरिएको हो। नेपाल र नेपाली बाटोलाई सुहाउँदो टुनल्याण्ड ई ग्राहक वर्गको प्रतिक्षाको पिकअप ट्रक बनेको कम्पनीले जनाएको छ।

फोटोन पछिल्लो समय नेपालमा पिकअप, भ्यान र एम्बुलेन्स सेग्मेन्टमा लोकप्रिय हुँदै गइरहेको छ। आकर्षक लुक्स र पावरले गर्दा फोटोन लोकप्रिय हुँदै गएको हो।

प्रकाशित: Aug 23, 2022| 13:41 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्