शुक्रबार, असोज ९, २०८३

सनसिल्कले ल्यायो नेपाली बजारमा तीन नयाँ प्याक

सनसिल्क संसारको सबैभन्दा ठूलो हेयरकेयर ब्राण्ड मध्येको एक हो र वर्षौंदेखि यो उपभोक्ताहरुको प्रिय बन्दै आइरहेको छ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं- सनसिल्क संसारको सबैभन्दा ठूलो हेयरकेयर ब्राण्ड मध्येको एक हो र वर्षौंदेखि यो उपभोक्ताहरुको प्रिय बन्दै आइरहेको छ। यो नेपालको नं १ ब्युटि ब्राण्ड पनि हो। सनसिल्कले दशकौंदेखि नेपालमा गुणस्तरीय कपाल स्याहारका उत्पादनहरु उपलब्ध गराउँदै आएको छ ।

गत वर्ष सनसिल्क नेपालले बडादशैं २०७८ को अवसर पारेर एक डिजिटल प्रतियोगिता सनसिल्क दशैं भाइब्स अभियान शुरु गरेको थियो। अभियानले नेपाली युवतीहरुलाई आफ्नो कपालको प्रदर्शन गरी आफ्नो क्षितिजलाई फैलाउने अवसर प्रदान गर्दै सनसिल्क ग्याङ अफ गर्ल्स को एक हिस्सा बनेर ब्राण्डसँग आबद्ध हुने मौका दिएको थियो ।

आशिना देउला, प्रतिमा कार्की र लालना चिमरियाले अन्तिम चरणको फिनालेमा जित हासिल पार्दै सनसिल्कका ब्राण्ड एम्बेसडरद्वय प्रिन्सी र प्रिज्माका साथमा ब्राण्डको प्रतिनिधित्व गर्न जोडिएका थिए। प्रतियोगिताका विजेताहरुको रुपमा उनीहरुले यस वर्षको सीमित विशेष दशैं प्याक मा प्रस्तुत हुने अवसर प्राप्त गरेका छन्, जुन प्याक नेपालमा पहिलो पटक प्रस्तुत गरिन लागेको कम्पनीले जनाएको छ। यो नयाँ प्याकमा ३ भिन्न प्रकार रहेका छन्ः हेयरफल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेट। ३ नयाँ प्याकमध्ये पर्फेक्ट स्ट्रेट नेपालमा पहिलो पटक पेश गरिएको हो।

महान चाड दशैं नजिकिँदै गएको सन्दर्भमा सनसिल्क नेपालले आफ्नो अत्यधिक सफल अभियान सनसिल्क दशैं भाइब्स दोस्रो वर्षको लागि पनि शुरु गर्ने तयारी गरिरहेको बताएको छ। 

प्रकाशित: Aug 23, 2022| 13:35 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्