बिहीबार, असार ३२, २०८३

प्रदेश १ को नाम पहिचानको आधारमा राख्न माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी-भदौ भित्र प्रदेश १ को नामाकरणको टुंगो लाग्ने प्रदेश सरकारले सार्वजनि रुपमा बताइरहँदा प्रदेशका साना दलहरुले पहिचानका आधारमा नाम राख्नुपर्ने बताएका छन । नामाकरणको विषयम प्रदेश सभामा प्रवेश नभएकाले उनीहरु विभिन्न मञ्चहरुमा यस्तो बताउँदै आएका छन ।

सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नामको बिषयमा पहिचान वा सामथ्र्य कुन आधारमा राख्ने भनेर बोलेका छैनन । तर, तीन सिट प्रदेश सांसद क्षमताको संघीय समाजवादी फोरम नेपाल र संघीय लिम्बुवान मञ्च  प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्ने बताउँदै आएको छ । 

फोरमका संसदीय दलका नेता जयराम यादव प्रदेश १ आदिवासि जनजाति बाहुल्य प्रदेश भएकाले पहिचानकै नाम हुनुपर्ने बताउँछन । यस्तै, संघीय लिम्बुवान मञ्चकी एक्ली सांसद विष्णु तुम्बाहाम्फे पनि प्रदेश १ को नाम पहिचानको आधारमै हुनुपर्ने बताउँछिन । 

यादव प्रदेशको पहिचानको नामको लागी लिम्बुवान वा किरातमा एक हुनुपर्ने तर्क गर्छन । आफ्नो पार्टी प्रदेशको नाम पहिचानकै आधारमा हुनुपर्ने यादव बताउँछन । उनी भन्छन, ‘सदनमा प्रदेश नामाकरणको बिषय प्रवेश गरेपछि हामी प्रस्टसँग पहिचानकै आधारमा प्रदेशको नाम हुनुपर्नेमा जोडदार माग राख्छौँ ।’
 
संघीय लिम्बुवान मञ्चकी सांसद तुम्बाहाम्फे प्रदेश १ को नाम लिम्बुवान र किरात खम्वुवान हुनुपर्ने बताउँछिन । लिम्बुवान आन्दोलन र किरातको पहिचान दुवै समेट्न लिम्बुवान किरात खम्बुवान हुनुपर्ने उनको तर्क छ । कुनै हालतमा प्रदेश १ को नाम कोशी वा सगरमाथा गरिए स्वीकार्य नहुने उनी बताउँछिन । भन्छिन, ‘बरु प्रदेश १ नै ठीक छ तर कोशी र सगरमाथा मान्दैनौँ ।’ 

९३ सांसद भएको प्रदेश १ मा सत्तापक्ष नेकपाका दुइ तिहाइ  ६७ सांसद छन भने प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका २१ सांसद छन । यस्तै, संघीय समाजवादी फोरमका ३ र संघीय लिम्बुवान अनि राप्रपाका १/१ सांसद छन । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।