बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भित्रिन थाले बिमस्टेकका पाहुना : म्यानमारका राष्ट्रपति काठमाडौंमा

भित्रिन थाले बिमस्टेकका पाहुना : म्यानमारका राष्ट्रपति काठमाडौंमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन सदस्य राष्ट्रका पाहुना नेपाल भित्रिन थालेका छन्। 

नेपाल भित्रिने पहिलो पाहुनाका रूपमा म्यानमारका राष्ट्रपति विन मिन्त अाएका छन्। मिन्त विशेष विमानबाट मंगलबार अपराह्न काठमाडौं आइपुगेका हुन्।

राष्ट्रपति विनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन्। 

म्यानमारका विशिष्ट अतिथिलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो। राष्ट्रपति विनलाई म्यानमारका लागि नेपाली राजदूत भीम उदास, नेपालका लागि म्यानमारका राजदूत थिरी प्यान चि यु तुन ने लिन र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।