मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु बैंकको पाँच वर्षे छलाङ : ९६ करोडबाट साढे दुई अर्ब नाफा

प्रभु बैंकको पाँच वर्षे छलाङ : ९६ करोडबाट साढे दुई अर्ब नाफा

प्रभु ग्रुपद्वारा सञ्चालित प्रभु फाइनान्सबाट विकास बैंक हुँदै वाणिज्य बैंक बनेको प्रभु बैंकले पछिल्लो समय राम्रो प्रगति गरेको छ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं– पछिल्लो पाँच वर्षमा प्रभु बैंकले नाफामा मात्र हैन, प्रतिसेयर आम्दानीमा पनि छलाङ मारेको छ। २०७५ असार मसान्तमा बैंकको नाफा जम्मा ९६ करोड ७० लाख रुपैयाँ रहेकोमा गत वर्ष (२०७९ असार मसान्तमा) २ अर्ब ६० करोड रुपैयाँ रहेको छ। पाँच वर्षको अवधिमा बैंकले नाफामा मात्र १६८.८७ प्रतिशतले वृद्धि गरेको छ।

National life

पाँच वर्षको अवधिमा बैंकले दिने प्रतिसेयर आम्दानी पनि झन्डै शतप्रतिशतले बढेको छ। २०७५ सालको असार मसान्तको वित्तीय विवरणअनुसार बैंकले एक कित्ता सेयरबराबर ११ रुपैयाँ ४० पैसा मात्र फिर्ता दिन सक्ने थियो तर गत असार मसान्तसम्मको वित्तीय विवरणअनुसार यो बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ, जुन प्रतिशतमा ७९.४७ प्रतिशतले बढी हो। त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ गत वर्षमा १५६ रुपैयाँ १६ पैसा पुगेको छ।

प्रभु ग्रुपद्वारा सञ्चालित प्रभु फाइनान्सबाट विकास बैंक हुँदै वाणिज्य बैंक बनेको प्रभु बैंकले पछिल्लो समय राम्रो प्रगति गरेको छ। तत्कालिन ग्राण्ड र किष्ट दुई वाणिज्य बैंकलाई आफूमा समाहित गरेको प्रभु बैंकको केही समय खरावकर्जा बढे पनि पछिल्लो समय खराब कर्जालाई पनि कम गरिररहेको छ।

पाँच वर्ष अगाडि बैंकको खराज कर्जा ३.९५ प्रतिशत रहेको थियो। तर गत असार मसान्तसम्ममा बैंकको खरावकर्जा घटेर १.२० प्रतिशतमा आएको छ।  त्यस्तै बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार प्रभु बैंकले २ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको थियो।

यसैगरी सेयरधनी सञ्चित कोषमा एक अर्ब ५७ करोड ९४ रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब ५५ करोड ७७ लाख रुपैयाँ सञ्चित गर्न बैंक सफल भएको छ, जसले बैंक बलियो रहेको र यसले ठूलो धक्कालाई पनि खेप्न सक्छ भन्ने देखाउछ। कुनै बैंकमा समस्या आएमा सो बैंकले जगेडा कोषबाट रकम चलाउन सक्ने भएकोले जति धेरै जगेडा कोषमा रकम हुन्छ उति धेरै बैंक बलियो हुन्छ भन्ने विश्वास गरिन्छ।

Shivam cement

बैंकको आधार ब्याजदर (बेस रेट) ६.८८ प्रतिशतबाट बढेर ९.२४ प्रतिशत पुगेको छ। बजारमा तरलताको अभावका कारण निक्षेप ल्याउनका लागि सवै बैंकले व्याजदर बढाउँदा प्रभुको आधारदर पनि बढेको बैंकले जनाएको छ।

त्यस्तै गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ रहेको छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब २ करोड ३३ लाख रुपैयाँबाट बढेर ६ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। यस्तै सञ्चालन मुनाफा पनि २ अर्ब ६० करोड ३२ लाख ७६ हजार रुपैयाँबाट बढेर ३ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने बैंकको निक्षेप १ खर्ब ७८ करोड ६५ लाख २१ हजार रुपैयाँ रहेको छ भने १ खर्ब ४५ अर्ब ९६ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

तत्कालिन समयमा बैंकको खराब कर्जा बढ्नुमा डुबेको ग्राण्ड र किष्ट बैंकको सम्पूर्ण खराब कर्जा पनि आफूमा समाहित गरेका कारण खराब कर्जा बढेको थियो। तर बैंकले खराब कर्जालाई निकै राम्रोसँग उठाएको देखिएको छ।

प्रभु ग्रुपद्वारा सञ्चालित प्रभु फाइनान्सबाट विकास बैंक हुँदै वाणिज्य बैंक बनेको प्रभु बैंकले पछिल्लो समय राम्रो प्रगति गरेको छ।

त्यस्तै बैंकले अघिल्लो वर्ष १२.६३ प्रतिशत लाभांश दिएको थियो। तर कोरोनाका कारण नाफामा वृद्धि नदेखिएपछि प्रोभिजनिङ लगायतका नियामकीय व्यवस्थाका कारण बैंकको वितरणयोग्य नाफामा कमी आई गत आर्थिक वर्षको नाफाबाट भने बैंकले बढीमा १२.४३ प्रतिशत मात्र लाभांश दिन सक्ने देखिएको छ।

गत आर्थिक वर्षको वित्तीय विवरणलाई आधार मान्दा बैंकको लिक्विडिटी रेसियो २६.६६ प्रतिशत रहेको छ, जुन राम्रो हो। नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार कुनै पनि बैंकको लिक्विडिटी २० प्रतिशत भन्दा कम हुनु हुँदैन। भएमा सो बैंक समस्याग्रस्त हुन सक्छ।

गत वर्षमा बैंकको प्रोभिजनिङ भने २२०.४२ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो प्रोभिजनिङ १५३.७३ प्रतिशत रहेको थियो। खराब कर्जामा वृद्धि हुन सक्ने भन्दै बैंकले प्रोभिजनिङ बढाएको हो। बैंकको गत आर्थिक वर्षको विवरण अनुसार सीडी रेसियो ७८.३५ प्रतिशत रहेको थियो। तर साउन महिनाको अन्त्यसम्म आइपुग्दा ८२.८८ प्रतिशत पुगिसकेको छ। गत आर्थिक वर्षमा बैंकको अधिकतम प्रतिसेयर मूल्य २७९ रुपैयाँ र सबैभन्दा कम २०२ रुपैयाँ रहेको छ।

बैंकका अनुसार आगामी दिनमा बैंकको पहिलो प्राथमिकता भनेकै खराब कर्जालाई थप कम गराउने हो । त्यस्तै घरेलु, साना तथा मध्यम उद्यमी कर्जालाई थप विस्तार गर्ने, उर्जा र कृषि कर्जामा फोकस गर्ने र दायित्वको व्यवस्थापनमा उच्च ध्यान दिने बैंकको आगामी कदमहरु रहेको छ।

त्यस्तैगरी कोभिड र लकडाउनका कारण व्याज आम्दानी र विभिन्न कमिसनको आम्दानी घटेका  कारण नाफामा कम भए पनि त्यो अब विस्तारै बढ्दै जाने बैंकको व्यवस्थापनले दावी गरेको छ। व्यवसायको भोल्युम बढ्दै जाँदा सञ्चालन जोखिम पनि बढ्दै गएको कारण पनि बैंकले सोचेजति उन्नति गर्न नसकेको बैंकले दाबी गरेको छ। त्यस्तै स्प्रेडदरलाई व्यवस्थापन गर्न नसकेर पनि नाफा अन्य बैंकको तुलनामा कम भएको बैंकको भनाइ छ।

बैंकहरुबीच प्रतिष्पर्धा धेरै हुँदा उनीहरुले थोरै स्प्रेडमा काम गर्ने गरेका छन्। प्रभु बैंकले धेरै स्प्रेडमा काम गर्दा बिजनेस नआउने सम्भावना हुँदा अन्यसँग प्रतिष्पर्धी हुँदा नाफामा दबाब परेको बताएको छ। त्यसैगरी बैंक सञ्चालन खर्चको व्यवस्थापनका लागि पनि कठिन अवस्था रहेको उल्लेख गरेको छ। कोरोनाको असर पनि पूर्ण रुपमा हटेको छैन।

प्रकाशित: Aug 23, 2022| 11:37 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्