बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बीबीआईएन सक्रिय बनाउन बंगलादेशलाई मन्त्री भूसालको आग्रह

बीबीआईएन सक्रिय बनाउन बंगलादेशलाई मन्त्री भूसालको आग्रह

ऊर्जा क्षेत्रको उत्पादन, प्रसारणलाइनको निर्माण र व्यापारका लागि बङ्गलादेश, भुटान, भारत र नेपाल(बीबीआइएन) माझ सहकार्य हुँदा सदस्य मुलुकलाई फाइदा पुग्‍ने उल्लेख गर्दै उनले बीबीआइएनलाई सक्रिय तुल्याउन बंगलादेशले महत्वपूर्ण पहल लिन सक्ने बताइन्।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाल भ्रमणमा रहेको बङ्गलादेशको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। बुधबारदेखि काठमाडौंमा हुने नेपाल–बंगलादेशको संयुक्त निर्देशक समितिको बैठकका लागि नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले सोमबार मन्त्री भुसालसँग मन्त्रालयमा भेटवार्ता गरेको हो।

National life

भेटमा मन्त्री भुसालले दुई देशबीच हुने नियमित बैठकले अनुभव आदानप्रदान हुनुका साथै आपसी सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गरिन्। उनले नेपालसँग जलविद्युत् पर्याप्त रहेको र मित्रराष्ट्र बङ्गलादेशलाई स्वच्छ ऊर्जाको आवश्यकता परेको वर्तमान अवस्थामा त्यसका लागि नेपाल, भारत र बङ्गलादेशमाझ सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन्। मन्त्री भुसालले बुधबारदेखि हुने संयुक्त बैठकमा सो विषयमा विचारविमर्श हुने विश्वाससमेत व्यक्त गरिन्।

ऊर्जा क्षेत्रको उत्पादन, प्रसारणलाइनको निर्माण र व्यापारका लागि बङ्गलादेश, भुटान, भारत र नेपाल(बीबीआइएन) माझ सहकार्य हुँदा सदस्य मुलुकलाई फाइदा पुग्‍ने उल्लेख गर्दै उनले बीबीआइएनलाई सक्रिय तुल्याउन बंगलादेशले महत्वपूर्ण पहल लिन सक्ने बताइन्।

सो अवसरमा बङ्गलादेशका पावर, इनर्जी एन्ड मिनिरल रिसोर्सेस मन्त्रालयका सचिव महोमद हबिबुर रहेमानले नेपालमा उत्पादन भएको स्वच्छ ऊर्जा आफ्नो देशका लागि आवश्यक भएको बताए। उनले आफूहरु नेपालको विद्युतीय ऊर्जा बङ्गलादेश लैजान चाहेको बताउनुभयो। उहाँले नेपाल, भारत र बङ्गलादेशमाझ सहकार्य गरेर विद्युत् आफ्नो देशमा लैजान पहल गरिरहेको जानकारी गराए।

बैठकमा ऊर्जा सचिव सुशीलचन्द्र तिवारी, सहसहिच मधु भेटुवाल, बाबुराम भण्डारीसहित परराष्ट्र प्रतिनिधिको सहभागिता थियो। 

Shivam cement

प्रकाशित: Aug 22, 2022| 23:15 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्