बिहीबार, असार ३२, २०८३

पिच पुरानो बसपार्कमा, जाम गठ्ठाघरसम्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-बिमिस्टेक सम्मेलनलाई लक्षित गरी काठमाडौंमा रातदिन भैरहेको सडक कालो पत्रे गर्ने काम मंगलबार समेत जारी छ । मंगलबार दिउसो पुराने बसपार्कमा भैरहेको सडक कालोपत्रे गर्ने कामले सवारी आवागमन रोकिदा गठ्ठाघर सम्म सवारी साधनको जाम भएको छ । 

नेपाल बिमिस्टेक बैठकको अध्यक्ष राष्ट्र भएकोले सन  २०१४ मा नै सम्मेलनको आयोजना काठमाडौंमा हुने तय भैसकेको थियो । कार्यक्रम नजिकिँदै गर्दा सडक कालोपत्रे गर्ने, बिधुतीय तारको ब्याबस्थापन तथा सजाबटको कामले सवारी साधन तथा सर्वसाधरणको दैनिकिमा प्रत्यक्ष असर परेको छ ।

नेपाल प्रहरीको ट्राफिक महासाखाका अनुसार पुरानो बसपार्कमा सडक कालो पत्रे गर्ने काम भैरहेकोले त्यसतर्फ जाने सवारी साधनलाई  नयाँ बसपार्क तर्फ डाईभर्सन गरिएको छ । 

सबारी साधनको डाईभर्सनको कारण नया बसपार्क आउने सवारी साधन भक्तपुरको गठ्ठाघर देखि जाममा छन् । त्यस्तै चक्रपथ पनि आज व्यस्त छ भने अधिकांश भित्रि सडकमा पनि जाम छ । 

बिहान १० बजे विद्यालय सकेर घर फर्केका विद्यार्थी उपत्यकाको जामले एक जबेसम्म घर पुग्न नसकेको अभिभावकले जनाएका छन् ।
 
त्यस्तै कलंकीदेखि नयाँ बसपार्क  तथा कोटेश्वरदेखि  एकान्तकुना कुपन्डोल जावलाखेलमा सवारी साधन रोकिएका छन । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।