मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ‘नबिल जेन अल्फा’ को ब्रान्ड एम्बेसडरमा प्रेन्सा रेग्मी नियुक्त

‘नबिल जेन अल्फा’ को ब्रान्ड एम्बेसडरमा प्रेन्सा रेग्मी नियुक्त

नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं- नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ। नबिलजेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरू र अभिभावकलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट हो। 

National life

अभिभावकले यस एपमार्फत आफ्ना बालबालिकाका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्ने जनाइएको छ। बालबालिकाहरूले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्ने र त्यही अंक लिंक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ। यो प्रोडक्टमार्फत बालबालिकालाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकको दैनिकीमा सहजता ल्याउने बैंकको लक्ष्य हो।

 रेग्मीले महामारीको समयमा सर्जिकल मास्क वितरण गरेर आठ वर्षको उमेरमा सामाजिक कार्यको थालनी गरेकी थिइन्। पोखराको बिरौटाका स्थायी बासिन्दा ९ वर्षीया रेग्मीले भर्खरै दुबईमा ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२ जितेकी छन्। ‘नबिल जनरल अल्फा बालबालिकालाई मार्गदर्शन गर्न, उत्प्रेरित र प्रोत्साहित गर्न ल्याइएको एपमा आधारित नेपालकै पहिलो डिजिटल प्रोडक्ट हो,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले जानकारी दिए। ‘प्रेन्सा एक समाजसेवी तथा हाम्रो लक्षित समूहलाई प्रतिनिधित्व गर्ने प्रेरणादायी पात्र भएकोले हामीले उहाँलाई यो प्रोडक्टको लागि सही फिट पाएका छौं,’ उनले थपे। 

यो प्रोडक्ट प्राविधिक ज्ञान भएका नयाँ पुस्ताका बालबालिकालाई लक्षित गरी ल्याएको बताउँदै ढुङ्गानाले भने, ‘हामीले एउटा एप विकास गरेका छौं, जहाँ बालबालिकाले आफ्ना अभिभावकले तोकेको काममा अंक कमाउन सक्छन्। यसरी बच्चाहरूले घरको काम र सीपहरू सिक्दै आफ्नो लिङ्क गरिएको खातामा पैसा कमाउन सक्छन्।’ उनले यस एपले सानै उमेरबाट बालबालिकामा वित्तीय साक्षरता बढाउने, बचतको महत्व र बजेटको बारेमा सिक्न र बुद्धिमतापूर्वक खर्च गरेर चाहना र आवश्यकताबीचको भिन्नता बुझ्न मद्दत गर्ने बताए। बैंकले सेप्टेम्बरबाट उत्पादन सार्वजनिक गर्ने योजना बनाएको छ।

प्रकाशित: Aug 22, 2022| 18:02 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्