बिहीबार, असार ३२, २०८३

मोदी आउँदा काठमाडौंको आकाश साढे २ घण्टा खाली 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ- नेपाल सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने दिन भदौ १४ गते नेपाली आकाश खाली गराउने भएको छ । सो दिन साँढे दुई घण्टा  त्रिभुबन बिमानस्थलबाट उड्ने सबै बिमान बन्द गर्ने भएको छ। 

त्रिभुबन विमानस्थल श्रोतका अनुसार मोदी आउने दिन बिहान ८ बजे देखि १०.३० बजेसम्म विमानस्थलमा अन्य विमानका उडान तथा अवतरण हुनेछैनन् । सोही समय तालिकामा  म्यानमार तथा थाईल्याण्डका राष्टप्रमुख समेत आउने समयतालिका निर्धारण भैसकेको छ । 

श्रोतका अनुसार विमानस्थल तथा आकाशनै खाली गर्नुको पछाडि मोदीको   बिशोष   सुरक्षाका लागि भएको बताईएको छ। अघिल्लो बर्ष भारतीय राष्टपति नेपाल आउदा उनको  सम्मानमा  दिईएको सार्वजनिक विदाको  आलोचना भएको थियो ।

म्यानमारका प्रधानमन्त्री सम्मेलन शुरु हुने दुई दिनअघि आज मंगलबार काठमाडौं आइपुग्नेछन् । श्रीलंकाका राष्ट्रपति र भुटानका प्रधानमन्त्री भोली १३ भदौमा आउनेछन्। भारत, बंगलादेश र थाइल्यान्डका प्रधानमन्त्री सम्मेलन शुरु हुने दिन १४ भदौ बिहान काठमाडौं उत्रिनेछन् । सम्मेलन १४-१५ भदौमा काठमाडौंमा हुँदैछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।