मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महेन्द्रनगरमा खुल्यो डिशहोम फाइबरनेटको सहवितरण शोरुम

महेन्द्रनगरमा खुल्यो डिशहोम फाइबरनेटको सहवितरण शोरुम

कञ्चनपुरको महेन्द्रनगरमा डिशहोम फाइबरनेटको सहवितरण शोरुम खुलेको छ।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं- कञ्चनपुरको महेन्द्रनगरमा डिशहोम फाइबरनेटको सहवितरण शोरुम खुलेको छ।

National life

नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले महेन्द्रनगरमा पनि सहवितरण शोरुमको खोलेको हो। शोरुम उद्घाटन डिशहोमका तर्फबाट रिजनल सेल्स म्यानेजर जेबी गुरुङ, एरियासेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमाल र लक्ष्मी राज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्याउँदै आएको न्यु केदार  इन्टरप्राइजेजले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ। 

एक हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको न्यु केदार  इन्टरप्राइजेजलाई अब अझ बढी ग्राहकमाझ पुग्नका लागि यो नयाँ शोरुमले मद्दत गर्ने न्यु केदार  इन्टरप्राइजेजका सञ्चालक गोकुलदेव जोशीले बताए। 


प्रकाशित: Aug 22, 2022| 18:02 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्